३० बैशाख २०८१, आईतवार

ओलीकै अगाडि सुमनसिंहले भने,’साम्राज्यवादसँग केपी ओलीले घुँडा नटेकुन्’

0

इलाम/ एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने कम्युनिस्ट दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुमनसिंहले चुलाचुली इलाममा बिहीबार सम्पन्न अन्तिम चुनावी सभामा केपी ओलीलाई साम्राज्यवादसँग घुँडा नटेक्न आह्वान गरेका छन् ।

केपी ओलीसँगै रहेका उनले हज्जारौं मतदातालाई सम्बाेधन गर्दै नेपाली जनताको सपना समाजवाद भएको र समाजवाद विरुद्ध, कम्युनिस्ट आन्दोलन विरुद्ध साम्राज्यवाद सबै छिद्रबाट चलखेल गरिरहेकाले रातो झण्डाको रक्षाको निम्ति अहिले सुहाङलाई सहयोग गर्नु परेको बताए ।

चौध वर्ष जेल बस्ने केपी ओली यो समयमा साम्राज्यवादसँग घुँडा टेक्लान् भन्ने आफुलाई विश्वास नभएको बताउदै ओलीहरु लड्ने समय आएको र त्यसको निम्ति तयार रहनु पर्ने उनले बताए । हिजो अस्तिसम्म परिस्थिति अर्कै थियो, आज नयाँ ढंगले विना पूर्वाग्रह सोच्नु पर्ने परिस्थिति बनेको बताउदै उनले रातो झण्डा बोक्ने सुहाङलाई जिताउन अपिल गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।