८ बैशाख २०८१, शनिबार

युद्ध बाध्यता हो ? या वाध्यता !!!

0

तिमी चित्त बुझाएर बस भन्छौ
तर म किन चित्त बुझाउँन्  सक्दिन  ?
यन्त्रवत चलिरहेका मेरा मांशपिण्डहरु
यहि त जान्न उद्धत छन् ।।।।।।

किन एकाएक
हठात गर्हौं बस्तु , म भित्रको म लाई
रोलरले पेलेझैं पेलेर अगाडि बड्छन्
सत्ताको क्षुब्द सारहिन कथ्य
मेरो बिभोरतालाइ
रगतले लतपत पारीदिन्छन्
मलाइ किन कहिलै चित्त बुझ्दैन्
किन म युद्धलाइ बाध्यता देखिरहेको छु ।।।।।।?

मेरो मग्नता
गरिबहरुको जिवनको सकस
रक्त मिश्रीत आंशुधाराहरु
गाढा रातको कम्पयमान चीत्कार
अपरिमित दुःखका लप्काहरुलाई
किंचित सुखको आशा जगाएर
अकिन्चन तन्मयता खेलाउँछन्
ब्यबहारमा कतै खुलाउँछन्

यहि त यहाँ ,
सत्ताका काला बिरालाहरु
यसैलाइ अक्षम्य अपराध भनेर
आफ्ना अवांचित कामहरुलाइ क्षम्य मानिरहेका छन्
कंन्चटमा पेस्तोल राखेर मलाई
क्षम्य ठान्न लगाइरहेका छन्
म कसरी सक्छु
हो म कसरी सकौंला
कोहि भोकले दाप्सिएर मरिरहेको छ
कोहि हिराले ढाकिएका छन्
मलाई चित्त बुझ्दैन्
त्यसैले होला
म युद्धलाइ बाध्यता देखिरहेको छु ।।।।।।!

बुद्धलाइ उभ्याउँछन यहाँ
शहिदहरुलाई पनि चोक चोकमा ठड्याउँछन्
सपनाका फुर्काहरु झुण्डाएर
शान्तिका पुराणहरु भट्याउँँछन्

सत्ता कति भंयकर बनेको छ
मलाइ पनि बुद्ध र शान्ती
सहिद र क्रान्ती
जनादेश र मतादेश
आजको दिनमा यहि ब्यपार हो
यतिबेला यहि धनी बन्ने होड हो
हतकडि भिराएर, अभियोग लगाएर
भन्न लगाउँछन्, मान्न लगाउँछन्
खै म कसरी मान्न सक्छु
कसरी त्यस्तो ठान्न सक्छु

छाप्रामा बसेर तितो आँसु निलिरहेको
फुटपाथ संग मीत लगाइरहेको
अस्पतालमा चिच्याइरहेको
छाती पिटि पिटि रोइरहेको
त्यो समुदायले
सत्ताको कायादानको पगरि लगाएर
पुलकित बन्न सकोस
धनी बन्ने होडमा दौड लगाउँन सकोस
घांटिमा पासो लगाएर
सत्ताले दास बनाइरहेका
आधुनिक दासहरुले जीवन पाउँन सक्छन्
अंह म मान्न सक्दिन्
सत्ताका जबरजस्ती थोपरिएका क्षोबहरुलाई
हो, त्यसैले म
यतिबेला युद्धलाई बाध्यता देखिरहेको छु ।।।।।।।!

हो यहि युद्धलाई
अनन्त शान्तिको सुचक देखिरहेको छु
भोकै राखेर शान्ती अलाप्न लगाउँने
फुट्पाथमा राखेर शान्ती कहन लगाउँने
सत्ताका जबरजस्तिका बन्दुकहरु
यतिबेला मेरो छातिमा दागिएका छन्
म यसलाइ शान्ती भन्न सक्दिन्
गरिबिले नदिमा हामफालिरहेका जनता सम्झिएर
म यसलाई शान्ती ठान्न सक्दिन्
अंह, मेरो चित्त बुझ्न सकेको छैन्
त्यसैले म युद्धलाइ बाध्यता देखिरहेको छु ।।।।।।।!


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।