यतिखेर मैले
कविता लेखूँ या नलेखूँ
क्यै फरक पर्दैन्
तर, सपनाहरूको
जुलुस रोकिनु हुन्न
सहिदका रगतले पोतिएका
भीमकाय सपनाहरूको स्तम्भ
ढल्न दिनु हुन्न
क्रान्तिको आँधी–बेहरीमय
महायात्रा रोकिनु हुन्न
सपना छऊन्जेल, आगो रहुन्जेल
क्रान्ति निभ्न दिनु हुन्न
हाम्रा सपनाहरू बिरूद्व दुष्टहरू
बिसाक्त रसायन घोलिरहेछन्
गौडामा निशाचरहरू
दयालु मुद्रामा विषालु
खाजा पस्किरहेछ
तर हामी झुक्किनु हुन्न
बेइमानहरूको
जाली तम्सुक
र भ्रमका कुइरे मण्डलभित्र
हामी निसासिनु हुन्न
ओ साथी, हेर त ?
डाँडामा रातै लालीगुराँस फूलिरहेछ
हामी फेँदीमै बसेर अल्मलिनु हुन्न ।
प्रतिक्रिया दिनुहोस्