१३ बैशाख २०८१, बिहीबार

संयुक्त विद्यार्थी संगठनद्वारा शुभकामना आदानप्रदान

0

असोज ६, मकवानपुर । संयुक्त विद्यार्थी संगठनले मकवानपुर बहुमुखी क्याम्पसमा दसैं तिहार विषेश शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका छन ।

बुधबार मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा अखिल (क्रान्तिकारी) नेकपा, अखिल (क्रान्तिकारी) माओवादी केन्द्र र नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस कमिटीले दसैं तिहार विषेश शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका हुन ।

शुभकामना आदानप्रदान कार्यक्रममा क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, क्याम्पस सहायक प्रमुख डा. रामप्रसाद अधिकारी, प्रध्यापक डा. यम सिलवाल, रामेश्वर बराल, उत्तम अर्यालको सहभागिता रहेको थियो ।

यस्तै विद्यार्थी नेता अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य विवेक घलान, नेवि संघ मधेस प्रदेशका इन्चार्ज एमडी सकिल, अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्य बहादुर गोले, सह सचिव सर्मिला थोकर लगायत संयुक्त विद्यार्थी संगठनका नेता तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

संयुक्त विद्यार्थी संगठनले दसैं तिहारको शुभकामना आदानप्रदान सँगै नाचगान र रचना बाचन गरि रमाइलो गरेर मनाएको थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।