७ बैशाख २०८१, शुक्रबार

नेकपाको ९ औं महाधिवेशन असोज २५ गते हुने

0

असाेज ६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गते कपिलवस्तुमा हुने भएको छ ।

बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब असोज २५ देखि ३१ गतेसम्म हुने बताए ।

प्रवक्ता प्रकाण्डले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने पनि बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।