१५ चैत्र २०८०, बिहीबार

भ्रष्ट शिक्षा शाखा प्रमुखलाई अखिल (क्रान्तिकारी) ले गर्यो जनकारबाही

0

असोज ६, बर्दिया । नेकपा निकट अखिल (क्रान्तिकारी) बर्दियाले भ्रष्ट शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाललाई जनकारबाही गरेको छ।

बिहीबार अखिल (क्रान्तिकारी) बर्दियाले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनाललाई मनोमानी ढंगले शिक्षक नियुक्ति सरुवा बढुवामा लाखौं कमिसन असुली, कमिसनको खेलमा कर्मचारी नियुक्ति र बर्खास्त गरेको भन्दै कालोमोसो दलेर जनकारबाही गरेको हो ।

अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरि प्याकुरेलले बिहीबार एक बिज्ञाप्ती जारी गरि मनोमानी ढंगले साउन २६ गते सुक्र माध्यमिक बिधालयमा शिक्षक नियुक्ति गर्दा दक्ष प्रतिस्पर्धी हुदाहुदै नियम विपरीत आफ्नो श्रीमतीको नाम निकालेको आरोप लगाएको छ ।

प्रश्नपत्र तयार गर्दा विद्यायलमा तयारी गर्नु पर्नेमा आफै उतैबाट तयारी गरेर ल्याएको र विषयवस्तु भन्दा फरक प्रश्न पत्र लाएको आरोप लगाईएको छ।

जारी बिज्ञाप्तीमा भनएिको छ, उतर पुस्तिकामा कोडिङ-डिकोडिङ नगरिएको, उतर पुस्तिका परिवर्तन गर्ने वातावरण मिलाइएको र परिक्षार्थिको हाजिर नगरिएको उल्लेख छ ।

आफ्नो गल्ती ढाकछोप गर्न सुक्र माध्यमिक बिधालयमा आफ्नो मेडमको नियुक्ति नगरी शिक्षा ऐन विपरीत तत्काल अर्को विद्यालयमा सरुवा गरेको छ र शिक्षा शाखाबाट विद्यालयमा बजेट बिनियोजन गर्दा कमिसन केन्द्रित गरेको बिज्ञप्तिमा उल्लेख छ।

बिज्ञाप्ती पुर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।