१६ चैत्र २०८०, शुक्रबार

नेकपाद्धारा बाढि पिडीतलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण

0

असोज ७, दार्चुला । नेपाल कम्युनिष्ट दार्चुलाले बाढी प्रभावित परिवारलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय माफत सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार पार्टी जिल्ला सचिव लोकेश लेपाली र विषेश कमिटी सदस्य भरत मल्ल द्धारा संयुक्त हस्ताक्षरित ज्ञापन-पत्र प्रमुख जिल्ला अधिकारीलाई वुझाउदै आसन निर्वाचनका लागी म्यादी भर्ना गर्दा बाढी प्रभावित भएका परिवारलाई प्राथमिकता दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन-पत्रमा भनिएको छ, यही भाद्र २४ गते राति दार्चुला जिल्ला सदरमुकाम खलंगा लगायत ठाँउठाँउमा आएको वाडीपहिरोले दर्जनौ घरहरू, ठुलो परिमाणमा घनमाल, जग्गा जमिन क्षति र एक दर्जन भन्दा मानिस मृत तथा वेपत्ता भएको कारण जिल्ला शोकमा छ ।

यसै सन्दर्भमा मंसिर ४ गते हुने भनि घोपणा गरीएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागी म्यादी भर्ना छनोटका क्रममा बाढी प्रभावित भएका परिवारबाट योग्यता र तन्दुरूस्तीका आधारमा प्रत्येक घरघुरीबाट दुई, दुई जना छनौट गरी यस विपतको घडीमा सहयोग गरिदिन हुन जिल्ला प्रशासन कार्यालय सँग जोडदार माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

जिल्ला विपत् ब्यवस्थापन समिति अध्यक्ष जिल्ला प्रमुख अधिकारी आफै हुनु भएको हुदौ अझ गम्भिर भईदिन हुन आग्रह गर्दछौं । जनताको समस्यालाई बेवास्ता गरी दलाल संसदिय पार्टीको चरित्र अनुसार दलिय भागबण्डाको आधारमा म्यादी प्रहरी छनोट गरिएमा कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

ज्ञापन-पत्र पुर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।