सहिदले असक्त अवस्थामा
बाँकि काम जिम्मा लगाए
“झण्डा नछोड्नु, आदर्श नछोड्नु भनेर !”
हामी भने दुस्मनले घेरा हालेको
खुल्ला चोकमा तमासे बन्न पुग्यौं !
पटकपटक मारिएर पनि दुस्मन हराउने हामी,
एकाएक अवशरवादी र दुस्मनको योजनामा
भट्टीमा पुग्यौं !
महलहरुका पेटीका रसरंगमा भुल्न थाल्यौं !
भाग्ने ठाउँ कतै नपाएर
असामाजिक तत्वका घेराहरुमा पर्न थाल्यौं !
कोही हामी नीजि सपना साकार पार्न
एमालेमा गयौं !
कोही नयाँ शक्तिको रुप देखाएर
कांग्रेसको रछ्यानमा पुग्यौं !
र, पटकपटक मर्न पुग्यौं !
कोही माओवादी आन्दोलन पुनर्गठन भन्दै
रामसिंहहरुसँग जनबिद्रोह जपेर बस्यौं !
कोही चाहिं जनयुद्ध जारि छ भन्दै
उत्तर माक्र्सवादको गीत गाउन पुग्यौं !
सबैतिरबाट आलोचनायोग्य बन्दै गएपछि
गुमनाम झैं भएर एकान्तवासमा पुग्यौं !
सोच्दा हुन सहिदले सक्नेभए-
जीउँदै मरेका मानिस र,
उनका सपना नालीमा फाल्ने गद्दारलाई
धिक्कार छ भनेर !
उनीहरुका आफन्त हुँ भन्न नालायक भनेर !
सहयोद्धा हुँ भन्न नालायक भनेर !
अनि थाल्दा हुन्
श्रमजिवी तथा सर्वहाराका मान्छे खोज्ने
हाम्रो अक्ष्यम्यता देखेर
धिक्कार्दा हुन् हामीलाई !
बाटो बिराएका मान्छे भनेर !
अर्कै वर्गका मान्छे भनेर !