१४ बैशाख २०८१, शुक्रबार

ललितपुर भारदेउका स्थानीयले चुनावमा भोट हालेनन तर पिकनिक मनाए

0

 ललितपुर / आइतबार सम्पन्न चुनाव विरुद्ध बिरोध र असन्तुष्टि प्रकट गर्ने क्रमश ललितपुर कञ्जोश्म वडा नम्बर  ५ भारदेउका ५० घरपरिवारले भोट नहालेर पिकनिक गर्दै चुनाव बहिष्कारको नयाँ तरिका अपनाएका छ्न् ।

संसदिय चुनावप्रति जनताको आशा र भरोसा कमजोर हुदै गएको बेला भारदेउ बासीहरुले आफ्नो विरोधलाई मतदान नगरी पिकनिक मनाएर प्रकट गरेका हुन । “देशभरी खसेको मत परिणाम हेर्दा समेत पहिले पहेले भन्दा कम मात्रै मत खसेको स्थितमा भारदेउ बासी हरुले पनि मत हालेनन, चुनाव हाम्रा लागि कुनै मतलबको विषय लागेन, त्यसैले हामीले संघ र प्रदेशको निर्वाचन खारेज/बहिष्कार पनि गर्यौ र पिकनिक मनायौ”- एक स्थानीयले भने । मुलुकमा गणतन्त्र स्थापनापछि संसदिय र स्थानीय तहको निर्वाचन दुइ दुइ पटक भैसकेको छ । तर जनतालाई गरिएका प्रतिबद्धताहरु पुरा भएनन् ।

अहिले त एमसिसिलाई कार्यान्वयन गर्ने र चिन विरुद्धको अमेरिकी योजनालाई लागु गर्न नेपालमा वातावरण बनाउनु यो चुनावको मुख्य उदेश हो भनेर विश्लेषण भैरहेको बेला मतादाताहरु पार्टी र नेताहरु सङ्ग अपेक्षा नै गर्न छोडेको देखिन्छ ।

कुनै नया हुन्छ भन्ने भरोसा नै गर्न सकिन्न ।यस्तो बेला देश भरी चुनाव विरुद्ध विभिन्न ढङ्गले बिरोध भएको छ । कतिपय ठाउमा निकै कम मात्र भोट खसेको देखिन्छ । निर्वाचन आयोग र पर्यवेक्षण गरिरहेका स्वतन्त्र संस्थाहरुले समेत आकलन भन्दा कम मतदान भएको प्रतिक्रिया दिएका छ्न ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।