१४ पुष २०८१, आईतवार

राष्ट्रघाती एमसीसी लागू गरेर देखाउन संसदवादी पार्टीलाई प्रवासबाट मोर्चाको चुनौती

0

नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च कतारको छैटौं अधिवेशनमा विशिष्ट अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै नेकपा निकट प्रवासी संगठन जनप्रगतिशिल मोर्चाका नवौं अधिवेशन आयोजक समितिका संयोजक रबिन सीले विदेशमा नेपाली युवाहरूलाई रोजगार गर्न पठाएर देश समृद्धि नहुने र देश समृद्धि हुनको लागि देशको श्रोत साधनको सहि सदुपयोग हुनु पर्ने बताएका छन् । महाधिवेशनमा सम्बोधनका क्रममा उनले क्रान्तिकारी १० वर्षे जनयुद्ध तथा ०६२/६३ सालको जनआन्दोलनमार्फत युवाहरुले बलिदान गरेर देशमा गणतन्त्र ल्याएपनि गणतन्त्रमा नयाँ नेपाल निर्माण गर्नमा नेताहरु चुकेको बताए । देशमा माओवादी पार्टीका टुकुडीहरु तितरबितर हुँदा श्रमजीवीहरुको आन्दोलन कमजोर भएको भन्दै माओवादी आन्दोलनको लिगेसी नेकपाले निरन्तर सडकबाट उठान गरेको जिकिर गरे । विभिन्न समयमा राष्ट्रघाती सम्झौता गरेका पार्टीले फेरि पुन: MCC जस्तो राष्ट्रघाती सम्झौता अमेरिकासँग गरेकोमा प्रवासी युवाहरु आक्रोशित भएको बताउदै राष्ट्रघाती सम्झौता MCC नेपालमा लागू गरेर देखाउन संसदवादी पार्टीलाई चुनौती दिए । उक्त अधिवेशनमा प्रमुख अतिथि पूर्व गृह तथा अर्थमन्त्री जनार्दन शर्मा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।