९ माघ २०८१, बुधबार

नेकपा दैलेखद्वारा सात्तालामा साँस्कृतिक कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे आयाेजनामा आठविस नगरपालिका वडा नं.१ सात्तालामा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नु पर्ने बताए । एमसीसी कार्यान्वयन बहानामा अमेरिकी सेना नेपालमा आएकाे उल्लेख गर्दै देशकाे स्वाधिनता खतरामा रहेकाले पार्टी भन्दा माथि उठेर देश बचाउन लाग्नु पर्नेमा जाेड दिए । अमेरिकी साम्राज्यवाद विरुद्ध र दलाल पुँजीवाद विरुद्ध सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, गणतन्त्रवादी र देशभक्त शक्ति एकजुट हुनु पर्ने समेत बताए । मुलुक र जनताका समस्या समाधानका लागि नेपाली विशेषताकाे समाजवाद आवश्यक रहेकाे उल्लेख गरे । समाजवादी माेर्चामा नेकपा एमाले पनि आउनु पर्ने तर्क गरे ।

नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी, प्रभात जनसाँस्कृतिक परिवारका कलाकार सरिता र लक्ष्मी मा.वि.का लेखापाल वीर बहादुर रावत अतिथि रहेकाे कार्यक्रमकाे अध्यक्षता उदय सी र सञ्चालन उमेश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।