१७ बैशाख २०८१, सोमबार

अघाेषित लाेडसेडिङले उद्योगमा तनाव

0

काठमाडौं: हिउँद लागेसँगै नेपाल विद्युत प्राधिकरणले औद्याेगिक करिडोरमा ८ देखि १० घण्टासम्म अघाेषित लाेडसेडिङ गरेको छ ।

इटहरी-दूहवी-विराटनगर औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घण्टासम्म लाेडसेडिङ भइरहेको माेरङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश सुरानीले बताए ।
लाेडसेडिङका कारण उत्पादनको लागत बढेकाेले काराेबार चाैपट भएकोले आफुहरु निरास भएको सुरानी बताउँछन् । देशभरिका सबै उद्यमीहरुकाे त्यहीँ प्रतिक्रिया छ । नेपाल-भारतबीच विद्युत खरिद सम्झौता नवीकरण गर्नुपर्ने समय आइसक्दा पनि प्रक्रिया सुरु नभएको कारण लाेडसेडिङ लम्बिने चिन्ता भइरहेको छ । भारतमा जनताले प्रयोग गर्ने क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेर भएपनि औद्याेगिक करिडोरमा आपूर्ति गर्ने गरिएको छ । तर नेपालमा उल्टो प्रचलन छ । लाेडसेडिङले देशको उत्पादकत्व थप ओरालाे लाग्ने र त्यसले सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने सराेकारवालाहरुकाे विश्लेषण छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।