९ माघ २०८१, बुधबार

दक्षिण कर्णालीमा जारी स्कुलिङगको दोस्रो दिन जारी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले आयोजना गरेकोे ५ दिने स्कुलिङगको दोस्रो दिन आज पनि विद्यागत कक्षाहरु चलिरहेका छन ।

आज स्कुलिङग विभागका इन्चार्ज भरत सीले दर्शनशास्त्र सम्वन्धि स्कुलिङग दिएका छन । उनले दर्शनशास्त्रको उत्पति परिभाषा,दुई दर्शन बिचको अन्तर,दर्शनको संरचना,दर्शनको पक्षधरता लगायतका विषयमा विद्यागत ज्ञान दिएका छन ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका भरत सीले कम्युनिष्ट पार्टीको कार्यकर्ताले वर्तमान परिस्थितिको गतिशीलतालाई पक्रन सक्ने क्रान्तिकारी पार्टी स्कुलिङगले मात्र पैदा गर्ने बताए ।

उनले शास्त्रीय ज्ञानसंगै तत्कालिन अवस्थासंग वर्तमान ज्ञान पनि प्रयोग गर्नुपर्ने टिप्पणी गरे । यस्तै राजनीतिक अर्थशासस्त्रका बारे स्कुलिङग विभागका प्रमुख भेषराज सीले विद्यागत स्कुलिङग दिएका छन ।

अर्का स्कुलिङग विभागका सदस्य असल सीले समाज विज्ञान,स्कुलिङ्ख विभागका सदस्य प्रयास सीले भौतिक विज्ञान र अर्का स्कुलिङग विभागका सदस्य तिर्थ राईले वैज्ञानिक समाजवादका बारे स्कुलिङग दिएका छन । स्कुलिङगमा सहभागी प्रशिक्षार्थीहरु हिमाल सी,हर्ष सीले स्कुलिङग निकै फलदायि हुदै गएको प्रतिक्रिया दिएका छन ।

सहभागीहरुले स्कुलिङग कम्युनिष्ट पार्टीका कार्यकर्ताको लागि अनिवार्य भएको बताएका छन । बुधवारबाट सुरु भएको स्कुलिङग फागुन २० गते सम्म चल्ने नेकपा दक्षिण कर्णाली व्यूरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।