२२ भाद्र २०८१, शनिबार

सुकुम्बासी बस्ती भत्काउने कार्यप्रति नेकपाको ध्यानार्कषण

0

धनगढी । डोजर लगाएर सुकुम्बासी बस्ति भत्काउने धनगढी उपमहानगरपालिकाको अमानविय कार्यप्रति नेपाल कम्युनिष्ट पार्टी कैलालीले ध्यानार्कषण भएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्लाले प्रेस ज्ञिप्ती जारी गर्दै धनगढी उपमहानगरपालिकाको अमानविय कार्यप्रति ध्यानार्कषण भएको जानकारी गराएको हो ।

नेपाल कम्युनिष्ट पार्टी कैलालीका इन्चार्ज प्रकाश सी र सचिव सरोज सीले हस्ताक्षर गरेको उक्त प्रेस ज्ञिप्तीमा यही असार ९ गते धनगढी उपहमानगरपालिकाले वडा नम्बर १ हसनपुर पुरानो ऐरपोर्ट शिविरमा बर्षौदेखि बसोबास गदै आएका भूमिहीन सुकुम्बासीका घर टहरामाथि कुनै जानकारी विना एक्कासी डोजर चलाएर बस्ती हटाउने अमानविय कार्यप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीमा विगत १९ वर्षदेखि नगर विकास समितिको सार्वजनिक जग्गामा घर बनाई बसिरहेका भूमिहीन सुकुम्बासीमाथि असारे झरीको मौसममा डोजर लगाउदा न्युनतम मानविय समवेदनाको ख्याल समेत नगरी धनगढी उपमहानगरपालिकाले गरिब विपन्न भूमिहीनहरुको बाच्न पाउने अधिकारको हनन् गरेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।