३१ भाद्र २०८१, सोमबार

उत्पादनमा नलागि देश आत्मनिर्भर बन्न सक्दैन : भरत सी

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणवीर)ले उत्पादनमा नलागि देश आत्मनिर्भर बन्न नसक्ने ठोकुवा गरेका छन् ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको कृषि उत्पादन विभागले आयोजना गरेको धान रोपाई कार्यक्रमको उद्घाटन गर्दै नेता भरत सीले यस्तो ठोकुवार गरेका हुन् ।
नेता, कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउन आत्मनिर्भर उत्पादनमा जोडिन जरुरी भएको बताउदै स्यायी समिति सदस्य भरतले दलाली र भ्रष्टाचारको अन्त्य गर्न उत्पादन बढाउन आवश्यक भएको बताए ।
उनले भने ‘समाजबाद प्राप्तिका लागि उत्पादन मुख्य आधार हो । आत्मनिर्भर पार्टी,नेता,कार्यकर्ता र जनताका लागि उत्पादन मुख्य हो । पार्टीको नवौ अधिबेशनबाट पारित नीति अनुरुप नेता कार्यकर्ता र जनता श्रमसंग जोडिएका छौ । हाम्रो उत्पादन देशभर भईरहको छ । यहाँपनि गरिरहेका छौ ।’
उनले देशभर २ सय २० विगाहमा पार्टीको नेतृत्वमा धान रोपाई भईरहेको बताउदै सुदूरपश्चिम प्रदेशको कृषि उत्पादन विभागको आयोजनामा ४ विगाह जमिनमा धान रोपाई भईरहेको बताए ।
आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देशको नारा लिएर नेकपा उत्पादन कार्यमा लागेकोे बताउदै उनले राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा यसले सकारात्मक सन्देश दिएको दाबी गरे ।
नेता भरतले अन्य रजनीतिक दलहरु भन्दा नेकपाले पृथक रुपमा राजनीति गर्दै आएको उल्लेख गर्दै हिमालमा स्याउ, डोटीमा सुन्तला र पूर्बमा चिया खेती लगायत देशभर कृषि उत्पादन गर्दै आएको जानकारी गराए ।
उनले भने ‘बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको छ । चन्दा उठाएर खाने र काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि जवाफ दिएको छ । आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ताको नीतिले गतिलो झापड दिएको छ ।’
उनले श्रम र उत्पादनको नीतिले पार्टी देशमा उदाहरणीय बनेको टिप्पणी गर्दै पार्टीले यसलाई बैज्ञानिक समाजबादको भुरुणका रुपमा लिएको जिकिर गरे । देशको दलाली र भ्रष्टाचारको अन्त्य गर्न पार्टी उत्पादनमा जुटेको छ नेता भरतले ठोकुवा गरे ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य विकल्पले पार्टीले लिएको उत्पादनको नीतिले देश विदेशमा सकारात्मक सन्देश दिएको बताए । उनले देशमा उत्पादन बढाएर पार्टीलाई आत्मनिर्भर बनाउने र देशलाई सम्मृद्ध बनाउने उद्देश्यकासाथ उत्पादनको क्षेत्र पार्टीले बढाउदै गएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश उत्पादन विभाग प्रमुख भगत सीले सुदूरपश्चिम प्रदेशको उत्पादन विभागद्वारा ४ विगाहमा धान रोपाई सुरु गरिएको बताए ।
उनले घोडाघोडी नगरपालीका वडा नम्बर ९ रतीपुरमा ४ विगाहमा कैलाली पार्टीको सहयोग र सुदूरपश्चिम प्रदेशको आयोजनामा धान रोपाई भईरहेको बताए । उनले खोला नदि किनारको बगरमा पार्टीले तरभुजा खेती गरिएको पनि जानकारी दिए ।
नेकपाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश मल्लले वर्तमान दलाल संसदीय व्यवस्था आयातमुखि भएको बताउदै रेमिट्यान्सको भर पर्ने र सबै कुरामा परनिर्भर मात्र भएकाले नेकपाका नेता कार्यकर्ता उत्पादनसंग जोडिएको बताए ।
रोपाईको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव समर सी,केन्द्रिय सदस्यहरु कमल सी, विमल सी, देव सी, लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । रोपाई उद्घाटन कार्यक्रमपछि स्थायी समिति सदस्य भरत सी केन्द्रीय सदस्यहरु तथा पार्टीका सबै तहका नेता कार्यकर्ताहरु धान रोप्न ब्यस्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।