३ आश्विन २०८१, बिहीबार

अखिल (समाजवादी) रुपन्देहीले घेर्यो १४ बुँदे माग राख्दै बुटवल उपमहानगरपालिका

0

बुटवल: विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (समाजवादी) रुपन्देहीले माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुको निम्ति निशुल्क सेनिटरी प्याडको माग गर्दै बुटवल उप-महानगरपालिका कार्यालय घेराउ गरेको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नै अखिल (समाजवादी) रुपन्देहीले १४ बुँदे माग बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेसमक्ष पेश गरेको थियो । तर उपमहानगरपालिकामा पटक-पटक छलफल चलाउँदा पनि अनेकौं बाहना गर्दै निजि विद्यालयलाई प्याड उपलब्ध गराउने/नगराउने बिच विवाद हुँदा अनेकौं बाहनासहित असारसम्म कुनै पनि सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क प्याड उपलब्ध नगरेकोप्रति आक्रोश पोख्दै तत्काल प्याड उपलब्धीको मागसहित प्रदर्शन गरिएको अखिल (समाजवादी) का लुम्बिनि प्रदेश सह- इन्चार्ज बिष्णु बहादुर सीले बताए ।
उनले राज्यकोषको बजेट सदुपयोग नहुँदा फ्रीज भएर जाने र यस वर्ष पनि विद्यालयहरुले बार्षिक रु. ६ लाखका दरले खरिद गरेका छन् तर स्थानिय तह गैरजिम्मेवार हुँदा हजारौं विद्यार्थीले दु:ख पाइरहेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले अखिल (समाजवादी) ले पेश गरेका १४ बुँदे माग तत्काल सम्बोधन गर्न माग गर्दै पटक-पटक मागपत्र बुझाई छलफल गर्दा पनि उपमहानगरले बेवास्ता गरेकोप्रति खेद प्रकट गर्नुको साथै तत्काल निशुल्क सेनिटरी प्याडको व्यवस्था नगरे हजारौँ विद्यार्थीहरु आन्दोलित हुने र तालाबन्दी सम्मको चेतावनी दिएका छन् । बुटवलका विभिन्न विद्यालयबाट सयौंको संख्यामा विद्यार्थीहरुको जुलुसले विभिन्न नाराबाजीसहित पालिका घेराउ गरेको थियो भने घेराउ पश्चातको कार्यक्रमको सन्चालन जिल्ला संयोजक पदम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।