२३ भाद्र २०८१, आईतवार

असार मसान्तको असुली रोक्न नेकपा झापाको चेतावनी 

0

नेपाल कम्युनिस्ट पार्टी झापाले उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई दुःख दिएको भन्दै असार मसान्तको असुली रोक्न माग गरेको छ । पार्टीले असार मसान्तको नाममा बैंक, वित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, व्यवसायी र श्रमजीवि जनतालाई हदैसम्मको दुःख दिन थालेपछि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै असार मसान्तको असुली रोक्न माग गरेको हो । 

पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिव संजय सीद्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको, उद्योग व्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु विरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको विरोध गरिएको छ । विज्ञप्तिमा उद्योगी व्यवसायीहरुलाई दुःख नदिन चेतावनी दिइएको छ । 

विज्ञप्तिमा भनिएको छ ‘यतिबेला झापामा कृयाशिल उद्योगी, व्यापारी र सर्वसाधरण श्रमिक जनता माथि बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुले असार मसान्त अर्थात क्लोजिङको नाममा चलाएको अशुली आतंकप्रति हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।’

‘यो समय उद्योगी  व्यापारीहरुको उद्योग धन्दा कारोवारको अवस्था खंस्कदो र संकटपूर्ण रहेको छ। व्यापार घाटाको अवस्था डरलाग्दो बन्दै गइरहेको छ । राज्यले पुजिगत खर्च तर्फको भुक्तानि समेत समयमा दिन नसक्दा त्यसले बजारलाई झन ठुलो संकटमा फंसाइ रहेको छ । यतिवेला आम सर्वसाधरण, मध्यम स्तरका व्यापारी, उद्योगी, निर्माण व्यवसायी कम्पनीहरु समेत यो आर्थिक तरलताको मारमा पिल्सनु परेको छ ।’ पार्टीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

उद्योगी  व्यवसायीहरु तथा सर्वसाधरण जनतालाई संयमित बन्न र उच्च मनोबलसहित यो संकट विरुद्ध संघर्ष गर्न पार्टीले विज्ञप्तिमार्फत आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।