२२ भाद्र २०८१, शनिबार

अध्यारो कुनामा बसेर जनयुद्धको मर्म विरुद्ध षड्यन्त्र नगरियोस् : सुमनसिंह सी

0

झापा । अध्यारो कुनामा बसेर जनयुद्धको मर्म र मूल्य विरुद्ध षड्यन्त्र नगरियोस् भन्दै नेकपा केन्द्रिय सदस्य सुमनसिंह सीले एसियन हाइवे निर्माण कर्ताहरुलाई चेतावनी दिएका छन् ।

झापाको काकरभिट्टादेखि लौकहीसम्मको खण्ड निर्माण कार्य आरम्भ भएसंगै झापा केर्खास्थित सहिद गेट भत्काउन आयोजनाले कोसिस गरेपछि हिजो झापाको दमकस्थित आयोजना कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पुगेर विरोध कार्यक्रम गरेका थिए ।

कार्यक्रम ध्यानाकर्षण पत्र बुझाउने रहेतापनि आयोजना हाकिम भने अनुपस्थित रहेका थिए । बाहिर आगनमा आएर कोणसभा गरेका नेता कार्यकर्ताहरुको बिचमा नेकपा नेता सुमन सिंह सीले आफूहरु विकास विरोधी नभएको – तर विकास हुँदै गर्दा यसकै बहानामा जनयुद्ध र यसको मर्म विरुद्ध हमला गर्ने षड्यन्त्र कुनैपनि हालतमा स्विकार्य नहुने उनले बताए । उनले माओवादी घटक, स्थानिय जनता र सरोकारवाला सबैको छलफलपछि मात्रै अगाडि बढ्नु पर्ने बताए ।

झापामा प्रतिगामी र जनयुद्ध विरोधीहरुको चलखेल बढेको स्मरण गराउदै, ठेकेदार कम्पनी पनि उनीहरुकै भएको अवस्थामा सहिद गेट लडाउने काम हलुका तरिकाले गर्न सोचिए कडा प्रतिवाद हुने नेता सुमनसिंह सीले बताए ।

कोणसभामा जनमुक्ति सेनाका कमान्डर नारद तामाङले जनमुक्ति सेनाले निर्माण गरेको सहिद गेट भत्काउने प्रयत्न भए कडा प्रतिकार गर्न आंफुहरु तयार रहेको बताए । त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले समेत बोलेका थिए । तामाङले यो भत्काउने कार्यभित्र षड्यन्त्रको गन्ध आएको बताए । उनले कर्मचारी र ठेकेदारकै मात्र विषयको आधारमा जनयुद्धको मूल्य बोकेर खडा भएको सहिद गेट भत्काइए माओवादीहरु चुप लागेर नबस्ने कडा चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।