३१ भाद्र २०८१, सोमबार

युवा संगठन नेपाल दैलेखले सी सभा हल निर्माण गर्ने

0

युवा संगठन नेपाल, दैलेखकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । दैलेखकाे आठविस नगरपालिका वडा नं. १ सात्तालामा सम्पन्न बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले नेपाली युवाहरुका समस्या याे व्यवस्थाले समाधान गर्न नसक्ने ठाेकुवा गरे ।उनले युवाका समस्या समाधानका लागि नेपाली विशेषताकाे समाजवाद आवश्यक रहेकाेमा जाेड दिए । नेपालमा रहेकाे प्राकृतिक स्राेत र मानवीय श्रमलाई ठिक ढंगले परिचालन गर्दा देश र जनतालाई आत्मनिर्भर बनाउन सकिने तर्क गरे । किसानलाई जमिन दिने, मजदुरलाई उचित ज्वाला दिने, युवाहरुलाई देशैभित्र नै राेजगारी दिने, बिरामीले उपचार पाउने, विद्यार्थीले पढ्न पाउने व्यवस्था नै नेपाली विशेषताकाे समाजवादी व्यवस्था भएकाे उल्लेख गरे ।युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश समिति इन्चार्ज मिनेश सीले युवाहरुले देशकाे नेतृत्व लिन अब तयार हुनु पर्ने बेला आएकाे बताए । सही विचार र सही नेतृत्वले मात्र देशलाई अग्रगमनमा लैजानेमा जाेड दिए ।
अखिल समाजवादी केन्द्रीय समिति सचिवालय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज उदयराम सी अतिथि रहेको बैठककाे अध्यक्षता लाेकराज सीले गरेका थिए ।
बैठककाे शुरुवात २ घन्टा श्रम गरेर गरिएकाे थियाे ।दैलेख जिल्लाकाे आठविस नगरपालिका वडा नं. १ काेषबजारमा सी सभा हल निर्माण गर्ने, भटमास उत्पादन गर्ने, गाउँ/नगरका भेला सम्मेलन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।