३१ भाद्र २०८१, सोमबार

विद्रोहको निर्णायक नेतृत्व नेकपाले गर्छ : सुमनसिंह सी

0

झापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले नेपालमा जुनसुकै बेला जनताले विद्रोह गर्न सक्ने परिस्थिति देखा परेको र त्यसको निर्णायक नेतृत्व अग्रभागमा रहेर नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन् ।

आज झापाको सुरुङ्गामा जारी पार्टीको छैठौं जिल्ला बैठकमा आफ्नो धारणा राख्दै नेता सिंहले नेपालमा नयाँ ढंगले विदेशी साम्राज्यवादी शक्तिहरुले षड्यन्त्र गरिरहेको र जनता त्यसको विरुद्ध रहेकाले यसका लागि तयारी अवस्थामा रहन पार्टीका नेताकार्यकर्तालाई निर्देश गरेका छन् ।

दलाल पुजीवादी व्यवस्थालाई मिल्काउने ताकत नेकपासँग रहेको र जनताले समेत एक मात्रै आशा भरोसाका रुपमा अहिले नेकपालाई मानिरहेका बेला अब जित्ने गरी आन्दोलनको तयारी अवस्थामा रहनुपर्ने बेला आएको उनले बताएका छन् ।

हरेक नेपाली जनता अहिलेको शासक र यो व्यवस्थाका विरुद्ध रहेकाले जनता विद्रोहको तयारीमा रहेको र त्यसको नेतृत्व लिन पार्टीका हरेक नेताकार्यकर्ता आफ्नो स्थानबाट तयारी अवस्थामा रहनेगरी अघि बढ्न नेता सिंहले निर्देश गरेका छन् ।

नेपाली विशेषताको समाजवाद छिट्टै प्राप्त हुने र जनता जितको नजिक रहेकाले संघर्षलाई थप पेचिलो बनाएर अघि बढ्न समेत उनले निर्देशन दिएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।