३१ भाद्र २०८१, सोमबार

माक्र्सवादी विचारसहितको श्रमिक मात्र कम्युनिस्ट हुन्छ : अनिल सी 

0

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज अनिल सीले माक्र्सवादी विचारसहितको श्रमिक मात्र कम्युनिस्ट हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मधेस प्रदेशको तेस्रो पूर्ण बैठकमा प्रशिक्षण दिदै उनलेे यस्तो बताएका हुन् ।

बैठकमा नेता अनिल सीले  राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुरुप पार्टीको भूमिका हुनुपर्ने र बदलिँदो परिस्थितिलाई नेतृत्व गर्नसक्ने मात्र कम्युनिस्ट पार्टी हुने बताए ।

उनले मधेसमा पार्टीको विस्तार सकारात्मक रहेको भन्दै नेताहरु ज्ञान, सङ्गठन, संघर्ष र जनसेवा लगायत सबै क्षेत्रमा पहलकर्ताको भूमिका गर्नुपर्ने समेत उल्लेख गरे ।

पार्टीको स्थायी समिति बैठकको भाव सम्प्रेषण गर्दै मधेशमा पार्टीले महत्त्वपूर्ण भूमिका पूरा गर्नुपर्ने बताए ।

बैठकमा पोलिट ब्युरो सदस्य देवनारायण सी, केन्द्रिय सदस्यहरु कमल सी, पवन सी, रामकुमार सी, विनोद सी लगायत  केन्द्रीय प्रतिनिधि सदस्य एवं विभिन्न जिल्लाका इन्चार्ज सेक्रेटरीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ्ग राखेका थिए ।

पार्टीले व्यवसाय संचालन गर्ने, कम्युनिस्टहरुबिचको ध्रुवीकरण तिब्रतमा लैजाने, विभिन्न विषयमा अन्तरक्रिया सन्चालन गर्ने, सहिद बेचु पौडेलको स्मारक निर्माण गर्ने, भ्रष्टाचार र लघुवित्त, मिटरब्याजीका विरुद्ध सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णयहरु गरेको छ ।

मंगलबारदेखि बर्दिवासमा संचालित बैठक बिहीबार सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।