३१ भाद्र २०८१, सोमबार

एमसीसीकाे नाममा अमेरिकी हस्तक्षेप बढेको भन्दै नेकपा सुदुरपश्चिमले भण्डाफोर अभियान गर्ने

0

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सचिवालयको बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले सुदूरपश्चिम प्रदेशमा पार्टी योजना कार्यान्वयनको समीक्षा, जनश्रममा सहभागितासहित नयाँ योजना निर्माण गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा बजेट शुन्यताको अवस्था सिर्जना हुनु संसदीय व्यवस्थाको विकृत रूप भएको निष्कर्षसहित यसको समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकार लगायत सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रदेश इन्चार्ज भरत सीले जानकारी गराए । त्यसैगरी एमसीसीले नेपालको राष्ट्रियतामाथि गम्भीर षड्यन्त्र गरेको र एमसीसी कार्यान्वयनका नाममा अमेरिकी हस्तक्षेप बढेकाले त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले बताए । प्रदेशमा योजना तथा अनुदान बाँडफाँडमा हुने गरेको अनियमितता नियन्त्रण, लघुवित्त, मिटरब्याज र सुकुम्बासी समस्या समाधानका लागि संघर्ष गर्ने निर्णय गरेको प्रदेश कार्यालय सचिव समर सीले जानकारी दिए । त्यसैगरी बैठक सुरु हुनु पूर्व बिहान धान गोडेर श्रम गरेको उनले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।