३१ भाद्र २०८१, सोमबार

नेकपाले कर्णाली प्रदेशले समाजवादको पक्षमा जनमत निर्माण गर्न समाजवादी मार्च सञ्चालन गर्ने

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशले समाजवादी मार्च सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार सुर्खेतमा सम्पन्न नेकपा कर्णाली प्रदेश समितिको दोस्रो पूर्ण बैठकले नेपाली विशेषताको समाजवादको पक्षमा जनमत निर्माण र ध्रुवीकरण गर्नका लागि जिल्ला स्तरसम्म मार्च सञ्चालन गर्ने निर्णय गरेको इन्चार्ज शुसिलले जानकारी दिएका छन् ।

स्थायी समिति सदस्य एवम् प्रदेश इन्चार्ज कर्णजीत सी (शुसिल)को अध्यक्षतामा भएको बैठकले नेकपाको उत्पादन अभियान अन्तर्गत कर्णाली प्रदेशमा चप्पल कारखाना सञ्चालन गर्ने,समाजवादी कर्णाली शीर्षकको मुखपत्र प्रकाशन गर्ने , जनवर्गीय संगठन र मोर्चा संगठनलाई सुदृढ गर्न भेला सम्मेलन गर्ने र नेकपाका विभिन्न निकायबीच प्रशिक्षण तथा बिचारधारात्मक स्कूल सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ।

“रुपान्तरित माओवादी-कम्युनिस्ट एकता आजकोआवाश्यकता, समाजवादी कर्णाली निर्माण अभियान हाम्रो प्रतिबद्धता”भन्ने मुख्य उदेश्यसहित सञ्चालन हुने कर्णाली मार्चको क्रममा नेपालको आन्तरिक मामिला र स्वाधीनता विरुद्ध पश्चिमाहरुको हस्तक्षेप बढेको भन्दै एमसीसी विरुद्ध जनपरिचालन र प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

संगठन र योजनामा जनवर्गीय संगठनलाई परिपूरक बनाउने,समाजवादी सम्पर्क मन्चलाई विस्तार गर्ने ,प्रदेश कार्यालय सचिवमा केन्द्रिय सदस्य विवेक सीलाई जिम्मेवारी दिने र विराट सीको नेतृत्वमा उत्पादन विभाग गठन गर्ने निर्णय समेत बैठकले गरेको छ।

गत बैशाखबाट कार्यान्वयनको चरणमा रहेको ६ महिने आवधिक योजना, नेकपाको उत्पादन अभियान लगायत राजनीति, संगठन र संघर्ष सम्बन्धि योजनाको समिक्षा गर्ने र आगामी योजनालाई थप विकसित गर्ने उदेश्यले भएको नेकपा कर्णाली प्रदेश समिति बैठकमा पोलिटब्युरो सदस्यहरु एटम सी, आधार सी,बन्धु सी केन्द्रिय सदस्यहरु बिबेक सी, ध्रुव सी र रणजीत सी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।