३१ भाद्र २०८१, सोमबार

नेकपा भोजपुरको बैठक सम्पन्न, मार्क्सवादी अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी भोजपुरले समाजमा अध्ययन, अनुसन्धान र पठनपाठनको संस्कृतिलाई अभिप्रेरित गर्ने उदेश्यले मार्क्सवादी अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार सदरमुकामस्थित नेकपाको कार्यालयमा सम्पन्न जिल्ला समिति बैठकले काजी दाहालको नेतृत्वमा अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय सदस्य एवम् भोजपुर इन्चार्ज त्रिलोचन सीले जानकारी दिए ।

केन्द्रिय सदस्य त्रिलोचनका अनुसार बैठकले अघिल्ला निर्णयहरुको कार्यान्वयनको समिक्षा गर्दै आगामी योजनामा संगठनलाई विस्तार गर्ने, विद्यार्थी र युवा संगठनको अभियान सञ्चालन गरि भ्रष्टाचार, सामाजिक विकृति विसङ्गतिको भण्डाफोर गर्ने र शिक्षा, स्वास्थ लगायत स्थानीय विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने निर्णय समेत गरेको बताए ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका १ नम्बर प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य दिपेश सीले प्रमुख अतिथिको रूपमा प्रशिक्षण मन्तव्य राख्दै देशमा विद्यमान आर्थिक सामाजिक संकटको प्रमुख कारण अहिलेको सत्ता भएकोले त्यसलाई बदल्न र संकटको निकासका लागि नेपाल कम्युनिस्ट पार्टीले जनताको नेतृत्व गर्ने समय आएको बताए ।

त्यस्तै बैठकमा मन्तव्य राख्दै केन्द्रिय सदस्य त्रिलोचनले देशको आजको अवस्था र समस्याहरुबाट अगाडि बढ्न नेपाली विशेषताको समाजवाद निर्विकल्प भएको भन्दै देशभक्त, समाजवादी, कम्युनिस्ट र सच्चा लोकतन्त्रवादीहरु सहकार्य र एकताबद्ध हुनुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी भोजपुरका सचिव तिलक सीले बैठकको अध्यक्षतासहित सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।