३ आश्विन २०८१, बिहीबार

नेकपा प्रदेश इन्चार्जसहितको टोलीद्वारा मुख्यमन्त्रीसँग भेटघाट, बजेट शुन्यताको अन्त्य गर्न ध्यानाकर्षण

0

धनगढी/ नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीसहितको टोलिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटघाट गरेको छ । समग्र प्रदेशको अवस्था र समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर मुख्यमन्त्रीसँग भेटघाट गरेको हो ।

प्रदेशमा सिर्जना भएको बजेटशुन्यताको अवस्थाले प्रदेशको समग्र विकास र जनताको काममा समेत असर गरिरहेको भन्दै बजेटशुन्यताको अन्त्य गर्न इन्चार्ज भरत सीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बजेट विनियोजनमा बिचौलियाहरूको हालिमुहाली हुने र कमिशनमा योजना हाल्ने गरेको सुनिएको भन्दै बिचौलियाहरूको चलखेल बन्द गर्न समेत अनुरोध गरेका थिए। उनले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाई निःशुल्क शिक्षा र स्वास्थ्योपचारको व्यवस्था गर्न समेत आग्रह गरे । 

मुख्यमन्त्री शाहले बजेटशुन्यता अन्त्य गर्न लागिरहेको ,यसले राजश्व र खर्चमा गरेको असर अन्त्य गर्न र कर संकलन गर्न अध्यादेश ल्याइसकेको बताउँदै छिट्टै बजेटशुन्यता अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।