३ आश्विन २०८१, बिहीबार

प्रतिनिधि सदस्य सन्तोषकाे आमा सुना बिष्टको निधनप्रति विप्लवद्वारा दु:ख व्यक्त

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधि समिति सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज सन्तोष सीका ममतामयी माता सुना बिष्टको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लव सीले शाेक वक्तव्य जारी गर्दै आमा सुना बिष्टको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शाेकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरे ।

शोक वक्तव्यमा भनिएको छ,’पार्टीका प्रतिनिधि समिति सदस्य कमरेड सन्तोष सीको आदरणीय आमाको ५८ बर्षको उमेरमा उपचारको क्रममा दुःखद निधन भएको खबरले हामीलाई स्तब्ध बनाएकाे छ । यस दुखद् घडीमा
आदरणीय आमाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।