१० फाल्गुन २०८१, शनिबार

समृद्धिको गफ दिएर देश समृद्ध हुँदैन उत्पादनले, आत्मनिर्भरताले हुन्छ : विप्लव सी

1

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बन्दुक भन्दा शक्तिशाली मोर्चा उत्पादन भएको बताएका छन् । बुधबार धनगढीमा आयोजित समसामयिक विषयक अन्तरक्रिया कार्यक्रम्मा बोल्दै उनले यस्तो बताएका हुन् । अन्तरक्रिया कार्यक्रम्मा सहभागीहरुले सोधेको बन्दुक उठाउने सम्बन्धी प्रश्नको जवाफ दिदै महासचिव विप्लवले बन्दुक भन्दा शक्तिशाली मोर्चा उत्पादन भएको बताएका हुन् । देश खतरामा परेको बेला, राष्ट्रिय स्वाधीनता खतरामा परेका बेला जनतासंग मिलेर बन्दुक उठाउने कुरा छुट्टै विषय भएको बताउँदै वर्तमान अवस्था आत्मनिर्भताका लागी उत्पादनसंग जोडिनु पर्ने अवस्था भएको बताए । नेपाल कम्युनिष्ट पार्टीले उत्पादनलाई क्रान्तिको मोर्चाका रुपमा लिएको बताउदै महासचिव विप्लवले देशलाई आत्मनिर्भर बनाउनु पर्ने बताए । समृद्धिको गफ दिएर देश समृद्ध नहुने बताउँदै उनले सबै भन्दा पहिले आत्मनिर्भर बन्नु पर्ने बताए । वर्तमान अवस्थामा समृद्धको नभई आत्मनिर्भरताको नारा लिएर सबैले उत्पादनमा जोडिनु पर्ने बताए ।
‘अहिले समृद्धिको नारा होइन, आत्मनिर्भरको नारा चाहिएको छ, नारा मात्र होइन काम चाहिएको छ, पहिला नेता, त्यसपछि कार्यकर्ता र त्यसपछि जनता आत्मनिर्भर हुने कार्यक्रम चाहिन्छ, त्यो भनेको नेपालको खेत हो, नेपालको माटो हो, कुनै विदेशमा जाने लहरले समृद्धि हुँदैन, हाम्रो आफ्नै श्रम र समयलाई नेपालमै उत्पादनमा जोड्न सक्नु पर्छ’, उनले भने ।
अन्य पार्टीका नेताहरुको जीवन रहस्यमय तरिकाले चल्दै आएको बताउँदै उनले उत्पादन नभएपछि व्यापारी खोज्नु पर्ने, व्यापारीले नपुगे, विदेशी डोनर खोज्नु पर्ने अवस्थाले नेपालको राजनीति स्थिर बन्न नसकेको बताए । त्यसैले नेपाल आत्मनिर्भर बन्न नसकेको बताउँदै महासचिव विप्लवले नेपालमा नयाँ राजनैतिक कोर्षको सुरुवात गर्नु पर्ने बताए । नेपालको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले राजनीतिक स्थिरता आवश्यक भएको बताए । व्यक्तिवादी सोचका कारण देशमा समस्या भएको बताउँदै उनले सिस्टमको विकास गरिनु पर्ने बताए ।
महासचिव विप्लवले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताउँदै मुखमा एकता र व्यवहारमा भाग्ने गरेका कारण माओवादी केन्द्रसंग एकता हुन नसकेको बताए । महासचिव विप्लवले नेपालमा टाउकोले टेकेको अर्थतन्त्रलाई खुट्टाले टेकाउनु पर्ने अवस्था रहेको बताउँदै सबै वर्ग समुदायले उत्पादनसंग जोडिनु पर्ने बताए । देशैभरी पार्टीलाई उत्पादनसंग जोडेको बताउँदै उनले हरेक केन्द्रीय सदस्य उत्पादनमा जोड्ने नीति बनाएको बताए । यस वर्ष १७ सय क्विन्टल धान उत्पादन गरेको बताउँदै महासचिव विप्लवले पार्टी नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउने गरी श्रमसंग जोडिएको बताए ।
निर्वाचनमा भाग लिने कि नलिने भन्ने प्रश्नको जवाफ दिदै महासचिव विप्लवले ०८४ को आम निर्वाचनलाई एकीकृत जनक्रान्तिको मोर्चाको रुपमा प्रयोग गर्ने बताए । केबल ५ वर्षको लागि वडा पालिका, प्रदेश र देश चलाउने जिम्मेवारी जनताले नेकपालाई दिए देशलाई नयाँ गति दिने बताउँदै उनले नेपालका बुद्धिजीवि, व्यापारीहरु सबैले एकपटक नेकपालाई साथ दिनु पर्ने बताए । दलाल पुँजीवादले जनतालाई दु:ख दिएको बताउँदै उनले नेपाली विशेषताको समाजवादका लागी सबैले लाग्नु पर्ने बताए । समाजवादका लागि नेपालका बुद्धिजीविहरुको महत्वपूर्ण योगदान रहने बताउँदै एकपटक नेकपाले उठाएको नेपाली विशेषताको समाजवादका लागि सबैले उत्पादनमा जोडिनु पर्ने उनले बताए ।

कार्यक्रममा दर्जन भन्दा बढीले जिज्ञासा राखेका थिए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “समृद्धिको गफ दिएर देश समृद्ध हुँदैन उत्पादनले, आत्मनिर्भरताले हुन्छ : विप्लव सी

  1. यो पत्रीका पढेर उत्पादन गर्ने र आत्म निर्भर हुने र देश लाई विकसित रास्ट्र बनाउन सक्ने राम्रो लायो ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।