९ माघ २०८१, बुधबार

युवा संगठन नेपाल दाङले सिडियाेमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझायो

0

दाङ । नेकपाको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिति दाङले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ ।
बुधबार संगठनका जिल्ला अध्यक्ष शिशिर सीसहितको टोलीले नेकपा र राज्यबिच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नागरिक हस्ताक्षरसहित ज्ञापनपत्र दाङका सिडियो कृष्णप्रसाद लम्सालमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।

ज्ञापनपत्रमा सम्पूर्ण नेताकार्यकर्ताका झुठ्ठा मुद्दाहरु खारेजका लागि आवश्यक पहल गर्नुपर्ने, नेकपा र राज्यबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाधान गर्न नेकपासँगको संवादलाई अगाडि बढाउनुपर्ने, राजनैतिक आस्थाका बन्दी रिहाईका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बुँदागत मागहरु समेटिएको छ ।

ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पाटन सी, संगठनका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

२०७७ फागुन २० गते तत्कालीन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच तीन बुँदे राजनीतिक सहमति भएको थियो ।

उक्त सहमति कार्यान्वयनका लागि राज्यलाई दबाब दिन युवा संगठन नेपालले जिल्लामा तीन दिनसम्म नागरिक हस्ताक्षर अभियानसमेत चलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।