३१ भाद्र २०८१, सोमबार

माओवादी नेताकार्यकर्ताका फोहोरमैला धुने जिम्मेवारी पनि पूरा गर्छौँ : सविन

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले माओवादी नेताकार्यकर्ताका फोहोरमैला धुने जिम्मेवारी पनि आफुहरुले पूरा गर्ने बताएका छन् ।
मंगलबार एक सञ्चारमाध्यमसँग कुरा गर्दै नेता सविनले उक्त कुरा बताएका हुन् ।

माओवादी केन्द्रभित्र बहुसंख्यक नेताकार्यकर्ताहरु इमानदार, क्रान्तिकारी हुनुहुन्छ त्यसमा दुइमत छैन ।’, उनले भने, ‘माओवादी केन्द्रभित्रका केहिलाई चाहिँ फोहोरमैला लागेको छ त्यो फोहोरमैला धुने जिम्मेवारी पनि पूरा गर्छौं । हामीले उहाँका मैलो भएका कपडाहरुलाई साबुन लगाएर, उहाँहरुका बिग्रेका आचरणहरुलाई क्रान्तिकारी आचरणको भट्टीमा हालेर र उहाँहरुले गरिरहेका खराब क्रियाकलापहरुलाई जनताको बिचमा गएर महसुस गराएर उहाँहरुलाई रुपान्तरण गर्छौँ, बदल्छौँ र पार्टीलाई राम्रो बनाएर अगाडि बढाउछौँ ।’

माओवादी आन्दोलनको नेतृत्व गर्न लायक नेता विप्लव हो ।’,उनलेे भने, ‘स्वभाविक रुपले पार्टी एकता हुँदा नेतृत्वको प्रश्न पनि महत्त्वपूर्ण हो । नेतृत्वको प्रश्नमा तपाईहरु सबै परिक्षण भइसक्नुभएको छ । जनताको बिचमा अलिअलि बदनाम पनि भइसक्नुभएको छ । कामै नलाग्ने गरि बदनामित हुनुभएको छैन तर जनताको नजरमा तपाईंहरुप्रति विश्वास गुम्दै गइरहेको छ । तपाइँहरुको आचरण, व्यवहार र विभिन्न क्रियाकलापका कारणले जनताको विश्वास तपाईंहरुप्रति छैन त्यसकारणले नेतृत्वको जिम्मेवारी बाँडफाँड गर्ने बेलापनि निष्कलंक नेतालाई जिम्मेवारी दिनुपर्ने सम्बन्धमा कोहि अन्कनाउनु पर्ने जरुरी छैन । माओवादी आन्दोलनको एकमात्र नेता, नेतृत्व गर्न लायक नेता, निष्कलंक नेता, देश बनाउने भिजन भएको नेता, क्रान्तिकारी नेता, देशभक्त नेता, नेपालका निराश मान्छेलाई समाजवादको उज्यालो यात्रामा डोर्याइरहेको नेता विप्लव नै हो । नेपाली जनताहरुले एकपटक माओवादी आन्दोलनको नेतृत्व विप्लवलाई दिनुपर्छ भनिरहेका छन् । अझै जनताले एकपटक नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व विप्लवलाई दिउ भनिरहेका छन् । नेपालका कुनैपनि नेतासँग उर्जा छ भने, देश बनाउने हुटहुटी छ भने विप्लवसँग मात्रै छ ।’

प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियापछि केही कामको जिम्मेवारी गरेपनि पछिल्लो पटक पार्टी र देशलाई नयाँ दिशा प्रदान गर्न उहाँ असक्षम भएको नेता सविनले बताए ।

‘उहाँको असमक्षताको कारणले पार्टीमा विभाजन आएको हो, अहिलेपनि माओवादी पार्टीमा विभिन्न किसिमका अन्तरविरोधहरु सिर्जना भइरहेका छन्, नेता सविनले भने ।’

समाजवादका बारेमा सोच्ने सबैसँग नेकपाले सहकार्य गर्छ ।’,उनले भने, ‘सहकार्य एजेन्डा, विचार, आचरण, नयाँ कार्यदिशामा हुने हो । सहकार्य देश र जनताको जीवन बदल्नका लागि हुने हो । कसैको अनुहार हेरेर, मुख हेरेर, विगतकालमा यति काम गरेको थियो भनेर इतिहास हेरेर मात्रै सहकार्य हुँदैन । त्यसकारण जसले देशको बारेमा सोच्छ, जनताको बारेमा सोच्छ, समाजवादका बारेमा सोच्छ ती सबैसंग हाम्रो सहकार्य हुन्छ ।’

नेता सविनले नेपाली समाजले माओवादी आन्दोलनबाट जुन अपेक्षा राखेको छ त्यो अपेक्षा पूरा गर्न एकपटक प्रतिबद्धता जाहेर गर्दै आन्दोलनको पुनर्गठन एवम एकतावद्ध हुनका लागि आग्रह समेत गरेका छन् ।

उनले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाबाट देश र जनताको जीवन समृद्ध नहुने भएकाले पार्टीले यसको विकल्पमा नेपाली विशेषताको समाजवादका लागि संघर्ष गरिरहेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।