३१ भाद्र २०८१, सोमबार

अमेरिकी साम्राज्यवादी चलखेलविरुद्व झापामा नेकपाको विरोध प्रदर्शन 

0

झापा ।  हस्तक्षेपकारी अमेरिकी साम्राज्यवादी चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले बृहत् विरोध प्रदर्शन गरेको छ । 

आज शनिबार झापाको दमकमा नेपाल कम्युनिस्ट  पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्‍याली सहितको विरोध प्रदर्शन गरिएको हो । 

पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता, अशान्ति मच्चाउँदै हतियारको व्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न परियोजनामार्फत हस्तक्षेप बढाएको नेकपाले जनाएको छ । 

एमसीसी नेपालको सदनबाट पारित गरिएसँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपिपी (स्टेट पार्टनरसिप प्रोग्राम) लागु गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो ।

गोर्खा डिपार्टमेन्टको नजिकैबाट शुरु भएको विरोध र्‍यालीमा अमेरिकी हस्तक्षेप विरुद्ध विभिन्न नाराबाजी गरिएको थियो भने र्‍याली दमक चोकमा पुगेर  कोणसभामा परिणत भएको थियोे । 

कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए । उनले अहिले केपी ओलीको सरकार एमसीसी कार्यन्वयन र एसपीपी पास गर्न षड्यन्त्र गरिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा उक्त कार्य हुन नदिने चेतावनी दिएका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।