१५ बैशाख २०८१, शनिबार

वित्तीय संस्था र मिटरव्याजी विरुद्ध आक्रमक बन्दै नेकपा, पुर्वमा निरन्तर प्रदर्शन

0

झापा ,१५ फागुन/ बैंक , वित्तीय संस्था तथा मिटरव्याजीहरुका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले झापामा विरोध प्रदर्शन गरेको छ।

केही दिन अघि विज्ञप्ति मार्फत चेतावनी दिएको उक्त पार्टीले मेची ब्युरो अन्तर्गत झापा,इलाम र पाँचथरमा रहेका विभिन्न लघुवित्त तथा वित्तीय संस्थाहरुलाई जनतालाई सहज ढंगले ऋण तिर्ने वातावरण बनाउन सम्झाउँदै आएपनि अटेर गरेको भन्दै उक्त पार्टी आक्रमक बन्दै गैरहेको छ।

मुलुकमा आकासिँदै गएको महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुकाे ज्यादतीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गएको भन्दै नेकपाले जनप्रदर्शन गरेको हो ।

जिल्लाको दमकमा भएको उक्त विरोध प्रदर्शन कार्यक्रममा खाद्यान्न, तरकारी, यातायात भाडा, दुध, फलफूल लगाएत जनजीवनका दैनिक वस्तु तथा सेवाहरुको मुल्य छोई नसक्नु भएको र बैंक तथ वित्तीय संघ/ संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजीको कारण उद्योगी, व्यवसायी, किसान र मजदुर लगायत आम सर्वसाधारणहरुलाई आत्महत्याको स्थिति समेत उत्पन्न गराएको भन्दै सयौं विद्यार्थी , वित्तीय संस्था र मिटरब्याजीबाट पीडित जनता सहित पार्टीले विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शन पछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सचिव सञ्जय सिले पछिल्लो पटक मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र भ्रष्टाचार लगाएतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरुले गर्दा मजदुर, किसान, उद्योगी, व्यापारीहरु आत्मदाह गर्ने स्थितिमा पुगेको भन्दै जनता नलुट्न र सहज ढंगले ऋण तिर्ने वातावरण तय गर्न आग्रह गरेका छन्,। नेपाल कम्युनिस्ट पार्टीको आग्रहलाई अटेर गरे जस्तोसुकै परिस्थिति सिर्जना हुने भन्दै जनता लुट्ने जो कोहिलाई जस्तोसुकै कारबाही गरिने चेतावनी दिएका छन्,।

विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष सुवास सीले जनतालाई लुट्ने मिटरब्याजी , बैंक तथा वित्तीय संस्थाहरुलाई जनताका माझ ल्याएर कारबाही गर्ने चेतावनी दिएका छन्,।

उक्त विरोध प्रदर्शन कार्यक्रममा बढ्दो महंगी नियन्त्रण गर, बैंक तथा वित्तीय संस्थाहरुको आतंक बन्द गर, भ्रष्टाचार नियन्त्रण गर्, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।