८ बैशाख २०८१, शनिबार

नेकपा कालिकोट सहित भेरी कर्णालीका जिल्लाहरूमा विरोध प्रदर्शन

0

फागुन १५, कालिकोट/नेपाल कम्युनिस्ट पार्टीले कालिकोट लगायत भेरी कर्णालीका जिल्लाहरूमा महंगी, भ्रष्टाचारी, कालोबजारी, मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाकाे शाेषण विरूद्व विरोध प्रदर्शन गरेको छ ।

नेकपाले कालिकोटको मान्ममा वृहत् प्रदर्शन गरेको छ । जिल्लाको जिराे पाेइन्टबाट शुरू भएको विराेध प्रदर्शन बजार परिक्रमा गरि प्रतिमा चाेक पुगेर काेण सभामा परिणत भएको थियो ।

विराेध सभालाई सम्वाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक विराट सीले महंगी, भ्रष्टाचार, कालोबजारी, मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको चर्को शाेषण विरूद्व कार्वाही गर्ने चेतावनी दिए ।

उनले लघुवित्तिय संस्थाहरूलाई गाउँघरमा प्रतिबन्ध लगाउने उद्घाेष गरे । नेता विराटले दलाल संसदीय पूँजीवादी व्यवस्था पूर्ण असफल भएको भन्दै याे व्यवस्थाले जनताको भलाई कहिल्यै पनि नगर्ने दावी गरे ।

उनले नेपाली जनताको मुक्तिको लागि र भ्रष्टाचारी, कालोबजारी अन्त्यका लागि बैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको जिकिर गरे ।

विराेध सभालाई सम्वाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले एनसिएल कम्पनीलाई कार्वाही गरे जस्तै मिटर ब्याजी तथा बैंक वित्तीय संस्थाको अत्याचार राज्यले नियन्त्रण नगरे नेपाल कम्युनिस्ट पार्टीले कार्वाही गर्ने चेतावनी दिए ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले राष्ट्रिय स्वाधीनताकाे अभियानमा सबै देशभक्त, प्रगतिशील र बामपंथी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे ।

विराेध प्रदर्शनमा जिल्ला सेक्रेटरी शाहसी सी लगायतका सयौं नेता तथा कार्यकर्ता र जनताको सहभागिता रहेको थियो ।

यस्तै भेरी कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, मुगु, हुम्ला, डाेल्पा, जाजरकोट, सल्यान, रूकुम पश्चिम, बाँके, बर्दिया लगायतका पश्चिमका जिल्लाहरूमा विरोध प्रदर्शन भएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।