२२ भाद्र २०८१, शनिबार

महासचिव विप्लवद्वारा छाडा पशुचौपाया नियन्त्रण केन्द्रको उद्घाटन

0

नेकपा महासचिव विप्लव सीद्वारा जनश्रम कृषि सहकारीको आयोजनामा सञ्चालित पशु चौपाया व्यवस्थापन केन्द्रको उद्घाटन गरिएको छ । शिवराज नगरपालिका वडा ९ मा सञ्चालन गर्न लागिएको छाडा पशु नियन्त्रण तथा व्यवस्थापन केन्द्रको बुधबार उद्घाटन गरिएको हो । सहकारीको व्यवस्थापनमा सञ्चालन गर्न लागिएको केन्द्रको महासचिव बिप्लव सीेले उद्घाटन गर्नु भएको हो ।
शिवराज आसपासमा छाडा ढंगले छाडिएका पशु चौपायाको व्यवस्थापन गर्ने उदेश्यले सो केन्द्रको स्थापना गरिएको आयोजकले बताएको छ ।
उद्घाटन कार्यक्रम पशु चौपायाहरुलाई घासँ दिएर महासचिव विप्लवले उद्घाटन गरेका थिए ।
कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा सहित नेकपाका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।