२३ भाद्र २०८१, आईतवार

सहिद पुष्पाका बुवा मंगलसेनको निधनप्रति महासचिव विप्लवद्वारा दु:ख व्यक्त

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले नवलपुर जिल्ला सल्लाहकार समितिका संयोजक तथा जनयुद्धका सहिद पुष्पाका बुवा चित्तल सिं राना (मंगलसेन सी) को निधनप्रति दु:ख व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लव सीले शाेक वक्तव्य जारी गरि ६१ वर्षको उमेरमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको सिलसिलामा भएको असामयिक
निधनप्रति दु:ख व्यक्त गर्दै मंगलसेनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै यस दुःखद क्षणमा सम्पूर्ण शोक सन्तप्त परिवारजनहरु र उहाँको जीवन संगिनीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।                        

शाेक वक्तव्यमा भनिएको छ, ‘सम्पूर्ण पार्टी पंक्तिलाई दुःखि र मर्माहित बनाएको छ । महान जनयुद्ध एवं एकीकृत जनक्रान्तिसम्म उहाँले खेल्नु भएको भूमिकालाई पार्टीले सदैव सम्झने छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।