२२ भाद्र २०८१, शनिबार

समाजवादी क्रान्तिको आधारभूत जग नेकपासँग मात्र छ : भरत सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी ‘रणवीर’ले समाजवादी क्रान्तिको आधारभूत जग नेकपासँग मात्र भएको बताएका छन् । बिहीबार नेकपा कालिकोट–काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै रणवीरले यस्तो बताएका हुन् ।

उनले नेकपाले मालेमावादमा भएको अपुगतालाई पूर्णता दिदै शैद्धान्तिक र व्यवहारिक रुपमा समाजवाद टिकाउन आधरभूत जग बसालेको बताए । ‘विश्वमा कम्युनिस्ट आन्दोलन किन कमजोर भयो, समाजवादी क्रान्ति पुरा भए पनि किन टिक्न सकेन भनेर नेकपाले यसलाई मसिनोगरी अध्ययन गरेको छ ।’, उनले भने, ‘हाम्रो अध्ययनको निश्कर्षमा शैद्धान्तिक रुपमा केही अपुगता देखिए । यही अध्ययनको निश्कर्षमा हामी माक्र्सवाद अपुरो रहेको र यलाई पूर्णता दिनुपर्ने निचोटमा पुग्यौं ।’

पार्टीले विकास गरेको नयाँ शिद्धान्तले व्यवहारत समाजवादको रक्षा गर्ने बताउँदै उनले समाजवादमा नै शहिदहरुको सपना पुरा हुने बताए । ‘पार्टीले नयाँ नीति, नयाँ शिद्धान्त र नयाँ कार्यक्रम ल्याएको छ । यो यो समाजवाद प्राप्तिका लागि प्रयाप्त छ ।’, उनले भने, ‘हामी नीतिमात्र बनाउँदैनौं, यसलाई व्यवहारत कार्यान्वयन पनि गर्छौं । यसको परिणामत तपाईंले देख्न सक्नुहुन्छ । हाम्रो थुप्रै उत्पादन केन्द्रहरु छन् । हामीले विदा लिएर उत्पादनको काममा जोडिने गरेका छौं । यसले समाजवादको रक्षा पनि गर्छ । शहिदहरुको सपना पनि समाजवादमै पुरा हुन्छ ।’

रणवीरले नेकपाले तीन बुँदे सहमति गरेर एकीकृत जनक्रान्तिको मोर्चा जितेको ठाकुवा गरे । ‘हामीले के गल्ति गरेका थियौं र सरकारले प्रतिबन्द लगायो ? हामीसँग सरकारले तीन बुँदे सहमति किन गर्यो ? यसको जवाफ राज्यसँग छैन ।’, उनले भने, ‘जवाफ नहुनु भनेको हामीले प्रतिबन्ध जितेको हो । तीन बुँदे सहमति हाम्रो विजय विजय हो । अहिले हामीले सरकार चलाएको हुनुपर्ने हो । तर यस्तो भएको छैन ।’

एक फरक प्रशंगमा बोल्दै उनले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले नेताहरुको दिमागलाई संशोधन गर्नुपर्ने बताए । उनले नेपालहरुको दिमाग संशोधन भएपछि देश सम्बृद्ध हुनमा ठोकुवा गरे । उनले नेकपाले उत्पादनका कामलाई जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गरिरहेको बताउँदै गाउँ फर्किउ अभियान चलाउनु पर्नेमा जोड दिए ।  

मञ्चको भेलाले रुपसिंह बोहोरा (हेमन्त सी)को अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा स्थायी समिति सदस्य शुशिल सी, पोलिटव्यरो सदस्यस हितमान सी लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । भेलाको अध्यक्षता नेकपा केन्द्रीय सदस्य भृकुटी सीले गरेकी थिइन् भने कार्यक्रम संचालन सागर सीले गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।