१ जेष्ठ २०८१, मंगलवार

पूर्वी नेपालले एकीकृत जनक्रान्तिको स्कुलबाट नयाँ उचाइ स्थापित गर्नेछ : भरत सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख भरत सीले पूर्वी नेपालले एकीकृत जनक्रान्तिको स्कुलबाट नयाँ उचाई स्थापित गर्ने बतएका छन् । बिहीबार इलाममा मेची कोशी ब्युरोद्वारा आयोजित संयुक्त स्कुलिङ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पुरानो कम्युनिस्ट स्कुलमा विशिष्ट स्थान र पहिचान बनाएको पूर्वले एकीकृत जनक्रान्तिको नयाँ कम्युनिस्ट स्कुलमा पनि आफैलाई नयाँ उचाइमा स्थापित गर्ने बताए ।

 उनले भने, ‘पूर्वी नेपाल आफैमा पुरानो कम्युनिस्ट स्कुलबाट लैस हुँदै विचारको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको र आन्दोलनलाई नयाँ सिराबाट उठाएको ठाउँ हो । त्यसैलाई आधार बनाएर पूर्वले वस्तुवादी सश्लेषणसहित पार्टीले तयार गरेको एकीकृत जनक्रान्तिको स्कुललाई मार्गदर्शन बनाएर फेरिपनि पूर्वले भुमण्डलीकृत साम्राज्यवादको विरुद्ध लड्दै नेपाली विशेषताको समाजवाद निर्माणका लागि सकारात्मक योगदान गर्नेछ ।’ 

नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज सुमन सीको अध्यक्षतमा उद्घाटन भएको स्कुलिङ कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक नेता भरत सी स्वयं रहेका थिए भने अतिथिहरुमा नेकपाका पोलिट ब्युरो सदस्य तथा प्रशिक्षक भेषराज सी, पोलिट ब्युरो सदस्य तथा प्रशिक्षक असल सी, केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी, केन्द्रीय सदस्य जोखिम सी,केन्द्रीय सदस्य तथा प्रशिक्षक तिर्थ सी, केन्द्रीय सदस्य तथा प्रशिक्षक प्रयास सीलगाएतको आतिथ्यता रहेको थियो ।

मेची ब्युरो इन्चार्ज सुमनसिंह सीकाे अध्यक्षता तथा सञ्चालनमा भएको स्कुलिङ कार्यक्रममा केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज मौसम सीले स्वागत मन्तव्य राखेका थिए भने सल्लाहकार होम सीले शुभकामना मन्तव्य राखेका थिए । २ ब्युरोको संयुक्त स्कुलिङ कार्यक्रममा प्रशिक्षार्थीहरुको कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।