८ मंसिर २०८१, शनिबार

साम्यवाद र व्यक्तिगत स्वतन्त्रता

0

             त्रिलोक सी

 

१) शोषक र शोषितको वर्गभेदलाई अन्त्य गरेर उत्पादनको साधन (मेशिन, भूमि, कच्चा माल) तथा उत्पादित वस्तुहरुको स्वामित्व व्यक्तिको नभएर समाजको हुनु ।
२) सबै व्यक्तिबाट योग्यता अनुसार काम गराउनु ।
३ ) जीवनको लागी आवश्यक वस्तुहरु यन्त्रहरुको उपयोगबाट पाउने अवकाश र मानसिक विकासको अवसरको अपेक्षा अनुसार सबैलाई समान रूपमा वितरण गर्नु ।
क) साम्यवाद पुजीवादको अपेक्षा धेरै अधिक व्यक्तिगत स्वतन्त्रता दिन्छ । पुँजीवादी जुन व्यक्तिगत स्वतन्त्रताको मादल बजाउँछ उसको रूप के हो र त्यो समाजमा कति जनाको अवसर प्राप्त छ ? हामी भन्छौँ कि सम्पूर्ण स्वतन्त्रताको जननी हो आर्थिक स्वतन्त्रता । त्यो आर्थिक स्वतन्त्रता कति जनासंग प्राप्त छ ? सिर्फ त्यसैलाई जोसंग धन छ अर्थात जो पुँजीपति छ ? त्यो हजारौ मजदुरलाई किन्न सक्छ हो दासको किसिमले होइन बरु त्यो भन्दा पनि खराब तरिकाबाट । दासको लागी कुनै पनि हालतमा मालिक खाना कपड़ा दिनलाई बाध्य थियो किनकी त्यस्तो नगरेमा उसलाई त्यसमा लागेको पुँजी समाप्त हुने डर थियो । तर मजदुरको लागी के ? जबसम्म त्यो स्वस्थ्य छ काम गर्न सक्छ जबसम्म उसबाट काम लिनुमा नाफा छ तबसम्म उसको श्रमको आधा तिहाई मजदुरी दिएर उसबाट काम लिनुछ । यदि बजार मन्दी हुँदा र मजदुरी घाटाको संभावना छ तब कारखानाको ढोकामा ताल्चा अब हजारौ मजदुर जससँग उसको घरबारबाट बेदखल गरायो । जसबाट त्यसको हातको सिप खोस्यो र भुखै मर्नु पर्ने । यदि मजदुर बिमार भयो वा वृद्धा भयो तब पनि स्वस्थ अवस्थाको एक एक बुन्दा रगत चुस्ने मालिक त्यस मजदुरलाई नकार्न सम्पूर्ण रुपले स्वतन्त्र छ । हजारौ मजदुर र उनको परिवार यो कस्तो व्यक्तिगत स्वतन्त्रताको स्वर्गीय आनन्द लुटिरहेको छ । सायद तपाई उसलाई यसकारण स्वतन्त्र भन्नु हुन्छ किनकी आँखा बचाएर त्यो आत्महत्या गर्न सक्छ ! मजदुरलाई छोड़ौ अरु पनि धेरैजसो व्यक्ति खोजतलास गर्दा यस्तै व्यक्तिगत स्वतन्त्रताको उपयोग गरेको पाइन्छ । के तपाई भन्न सक्नु हुन्छ विश्वमा कुन साधन चा व्यक्ति पुँजीपतिहरुले खरिद गरेको छैन ? के समाचार पत्र जनताको सामुने स्वतन्त्र विचार राख्छ ? के इंगलैण्ड तथा अर्को देशको करोडपति पत्र मालिक पत्रकार कलालाई आफ्नो हातको कठपुतली बनाएको छैन ? पत्रकारलाई कुनै समय पहिले थोरै स्वतन्त्रता थियो तर आज त्यो पत्रकार पुँजीपतिको गुलाम भएको छ । आजभोलि जुन पत्रकारले स्वतन्त्र र क्रान्तिकारी विचारलाई मजबुत बनाउने कोशिस गर्यो सफलता पाउने वित्तिकै खुट्टाको चाल बदल्न समय लागेन र त्यो समय टाढा छैन जब यहाँको पत्र पनि अर्को देशको जस्तै पुँजीपतिहरुको हातमा गयो उसैको मलाईको कुरा गर्नु आफ्नो कर्तव्य सम्झिन्छ । हाम्रो यहाँ अहिलेसम्म यदि पुँजीपतिहरुको धेरै कम ध्यान गयो तब यसको कारण थियो लाभको कम संभावना र पुँजीलाई डुब्ने डर । जुन समाचार पत्रको अधिक आम्दानी पुजीपतिको विज्ञापनबाट हुन्छ त्यो कहाँसम्म आफ्नो स्वतन्त्रता कायम राख्न सक्छ ? के लेखक र कविलाई पुँजीपतिले खरिदेको छैन ? विश्वमा यस्तोको संख्या धेरै कम छ जसले आफ्नो कलम र प्रतिभालाई बेचेर खाएको नहोस् । जो केही इनेगिने स्वतन्त्र कलम को धनी विश्व मा पाइन्छ त्यो त्यसको सैकड़ो व्यक्तिको जीवनभरको स्वतन्त्रताको संग्रामको अवशेष मात्र हो जुन असफल रह्यो गुमनाम नै विश्वबाट हराइसक्यो । र राजनितिज्ञ ? राजनीति अरु पुजीपतिको दासी हो । विश्वमा राजनीतिज्ञतिर हेर्दा स्पष्ट थाहा हुन्छ । सबै देशको मन्त्रिमण्डलमा कारखानाको मालिक प्रेसको मालिक पनि मन्त्रिमण्डलमा छन् । जमिन्दारहरु पनि मन्त्रिमण्डलमा छन् । राजनीति शक्तिको श्रोत हो त्यसैले उसलाई पुँजीपतिहरुले राजनितिलाई पुरै आफ्नो हातमा राख्न आफ्नो कर्तव्य ठान्दछन् । पुँजीवादी देशको पार्लियामेन्टको चुनाव सिर्फ रुपैयाको भरोसाले लडिन्छ । जहाँ सम्पतिदाताको रुपैयोको रुपैया रिश्वत दिइदैन र यस्तो स्थान धेरै कम छ त्यहाँ पनि जवान र प्रेसको खरिदिने काम गरिन्छ यातायातको साधनहरु मोटर, हवाइजहाज, रेल इत्यादि माथी रुपैयालाई पानीको जस्तो बगाइन्छ । के जोसंग रुपैया छैन सिर्फ आफ्नो योग्यता, त्याग र सेवाको भरोसाले चुनावमा सफलता पाउन सक्छ ? गाउँको अनपढ अज्ञान मान्छेले पनि जान्दछ कि चाँदीको टुकड़ाको वर्षा नगरिकन कुनै चुनावमा सफलता प्राप्त हुदैन । प्रजातन्त्रीय संस्थाको लागी यो सम्पति दानमै व्यक्तिगत स्वतन्त्रताको उदाहरण बताइन्छ । जबसम्म एउटा मान्छेको हातमा अपार धन राशि छ र हजारौ गरीब आश्रयहीन छ तबसम्म सम्पतिको खरिद बिक्री हुनु विना रहन सक्दैन ।
के पण्डित, मौलवी’ पादरी ” व्यक्तिगत स्वतन्त्रताको मालिक हो ? उसको अस्तित्व नै पुँजीपतिको कृपा माथी छ । उसको ठुलठुलो मन्दिर मकान लामो धोती सबै पुँजीपतिको देन हो । सबभन्दा कम जहां स्वतन्त्रताको आशा हुन सक्छ त्यो हो यही धर्मको ठेकेदार र उसको संस्था ।
देशी राजाहरुको प्रजाको लागी व्यक्तिगत स्वतन्त्रताको शब्द पनि प्रयुक्त हुन सक्दैन । उसको ज्यान माल इज्जत पानी सबै अन्नदाताको मुट्ठीमा छ ।
तपाई आगोको मुसलो तेज मशाल लिएर विश्वको कुनाकुनामा खोज्नुहोस् तपाईको व्यक्तिगत स्वतन्त्रताको कुनै पुँजीवादी देशमा पाउन सक्नु हुन्न यो एक व्यर्थको शब्द थाहा हुन्छ अथवा यदि त्यो कुनै सार्थक हुन्छ तब त्यो मुठ्ठीभर धनीको लागी मात्र । यहि यस लामो चौड़ा शब्दबाट मान्छेलाई बहकाउन डराउन चाहन्छ र सोझो सिधा मान्छेलाई कागले कान लिएर गइरहेको छ भन्दैमा कानलाई नछुइकन कागको पछाडि दौडिन्छ उसले सम्झिनु पर्ने हो कि विश्वको सबभन्दा बढी शक्ति धन सिर्फ केही मान्छेको हातको वस्तु हो र त्यो उसबाट सानो ठुलो सबै किसिमको मान्छेलाई खरिदन सक्छ तब खरिद भएको मान्छे कहिल्यै पनि स्वतन्त्र हुन सक्दैन ?
हो तब हामी थाहा पायौँ कि तपाईको व्यक्तिगत स्वतन्त्रता धोरेवा धारी हो । साम्यवाद ताकि धनको व्यक्तिको हातमा रहन दिदैन र आर्थिक दृष्टिले सबैलाई समान गरिदिन्छ त्यसैले त्यो व्यक्तिगत स्वतन्त्रताको भारी सहायक हो ।
ख) साम्यवाद सबै प्रकारको योग्यताको विकसित र सफल गर्नुलाई पुरा अवसर दिइन्छ ।
ग) साम्यवाद सबै प्रकारको श्रमलाई समाजको लागी एक सामान सम्झिन्छ । योग्यता, प्रतिभा र समाजको लागी गरिएको बढी सेवाको मुल्य धनद्वारा गर्न चाहदैन । प्रतिभा स्वय यसको चिरकालबाट तुच्छ सम्झिन्छ । हो यो बढी श्रद्धा सम्मानद्वारा उसलाई पुरस्कृत गर्नुको विरोधी होइन । यस्तो प्रतिभा आफ्नो कार्यको सफलता र सुखमय परिणामबाट नै आफुलाई कृत कृत्य सम्झिन्छ । विश्वको ठुलठुलो वैज्ञानिकको अविष्कारबाट सिर्फ पुँजीपतिलाई फाइदा छ । यो भएर पनि विज्ञानको खोजमा प्रसन्नतापूर्वक आफ्नो प्राणको आहुति दिएर कुन परिश्रमिकको इच्छाले त्यस्तो गर्छ ? वस्तुत: प्रथम श्रेणीको प्रतिभा विना कुनै परिश्रमिकको लोभले नै मानव जातिको सेवाको लागी तैयार रहन्छ । द्वितिय र तृतिय श्रेणीको प्रतिभाको काममा सहायता र श्रद्धा सम्मानद्वारा प्रोत्साहित गर्न सकिन्छ ।
घ) साम्यवाद मानवजातिलाई अचेतन वस्तु जस्तो कठिनाई वा तंगको दायरा मा बन्द गर्न चाहदैन । तर पुँजीवादको जेलखानामा जन्मेदेखि मरण सम्म बन्द गरेर राख्ने असंख्य मानिसको आर्थिक वेडी काटेर मुक्त गर्न चाहन्छ । कोल्हुको गोरूको जस्तो जीवन पेट (भुडी) को पछि घुम्नेलाई पनि कोमल कला सुन्दर साहित्य विज्ञानको निर्माणको लागी त्यो हजारगुणा बढी अवसर दिइन्छ ।
ङ) यदि नेतृत्व गर्न सक्ने र नसक्ने कुरा मानिसमा आमाको दुधबाट आउदैन त्यो त मात्र यहि चाहन्छ कि त्यो नेतृत्व व्यक्तिको योग्यता र प्रतिभाको बलमा स्थापित होस् रुपैयाको घुस दिएर नेतृत्व कायम गर्नुको नै त्यो विरुद्ध छ । रुपैयाबाट खरिदेको नेतृत्वलाई स्वभाविक भनिदैन ।
च) भुमण्डलको जातिमा जन्मसिद्ध शासन र शासितमा भेद गर्नु त्यस्तै नै छ जस्तो कि कुनै लुटेराले भन्छ न्यायधिश धेरै मुर्ख र मानिसको स्वभावबाट पुरै अनभिज्ञ मान्छे हो उसलाई थाहा हुनुपर्ने हो की केही मान्छे जन्मतः लुट्नलाई बनाइएको छ र केही लुटाउनको लागी । बाघ _ बाख्राको जस्तो दुवै किसिमको व्यक्तिलाई एकै जस्तो बनाउनु पुरै अनुचित हो । लुटेराको यहि कुरा छ त्यस्तै साम्राज्यवादी पुँजीयतिको उक्त भनाई पनि त्यसको स्वार्थपनाको नमुना हो सत्यको होइन । जुन युक्तिको आधारमा त्यो विश्वको जातिलाई यस दुई भागमा बाडेको छ र पुजीवादीले यसरी नै बाँडेर राखेको छ ।
छ) ठुलठुलो कारखानाको हजारौ मजदुर जो कारखानाको वारेमा सिर्फ यति मात्र जान्दछ कि उसलाई यस वर्ष १५ प्रतिशत सैकड़ा मुनाफा पाएको छ के श्रमिक भनिन्छ ? आफ्नो जमिन्दारी तालुकेदारीबाट जसको कुरा उडाउनको लागी लिए रुपैया प्राप्त भई सकेपछिको सम्बन्ध छ के त्यो श्रमिक हो ? अरुको कमाई अरुको परिश्रमलाई खोस्ने व्यक्ति शोषक नै हो । जुन पुँजीपति आफ्नो कारोवारलाई सिधै देखभाल गर्छ उसलाई पनि आफ्नो मजदुरीको अपेक्षा हजार गुणा अधिक परिश्रमिक लिनुको कुन हक छ ? र जबसम्म त्यो यस्तो गर्नेछ तबसम्म त्यो शोषक नै हो ।
ज) भुवकालमा कला विज्ञानको संरक्षककर्ता धनीलाई सधैको लागी अवसर दिलाउन सकिदैन किनकी त्यो लुटेरा हो । यदि त्यसले समाजको लागी कुनै यस्तो मलाई जुन स्वार्थ शुन्य कहिले पनि रहेन या त उसको कर गुणा बढी फाइदा उठाई सकेको हुन्छ अब यो वर्ग नरहेमा कला २ विज्ञानको प्रगतिमा कुनै हानी हुदैन किनकी त्यसको लागी साम्यवाद राष्ट्रको अपार साधन अपरिमित अवकाश र असंख्य प्रतिभालाई लगाउन तैयार छ ।
समाजको सबै व्यक्तिको स्वतन्त्रताको ख्याल जसमा राखिन्छ त्यही नै स्वतन्त्रता हो यस प्रकारको स्वतन्त्रताको पनि सीमा र मर्यादा छ । कर्तव्यको बन्धन पनि एक बन्धन हो सत्य तब नै उसको अनुसरणलाई हामी स्वतन्त्रताको बाधक भन्न सकिदैन । यदि त्यो परतन्त्रता पनि छ तव उसलाई शिरोधार्थ गर्नु नै पर्ने किनकी उसको विना समाजको कल्याण हुन सक्दैन । समाजको कल्याण के हो ? यहि उसको सबै व्यक्तिहरुको समानता कल्याण ।
समाज भन्नुले त्यो कल्याण व्यक्तिहरुको बाहिरको हुन सक्दैन । सबै व्यक्तिको सम्मिलित मलाई बुराई नै समाजको नामले जान्दछ ।
देशको सैकड़ो प्रकारको कानुनीलाई तपाई स्वतन्त्रताको बाधक सम्झिनु हुन्न ? साम्यवादमा त्यस कानुनबाट तीन चौथाईको आवश्यकता नै हुदैन किनकी त्यसमा अधिकांश व्यक्तिगत सम्पति उसको टैक्स, कर र रक्षाको सम्बन्धमा बनेको छ । जुन सिद्धान्त तीन चौथाई कानुनको अनावश्यक टेक्स कर दिइन्छ त्यो अधिक व्यक्तिगत स्वतन्त्रता दिन्छ वा त्यो जुन कि चौगुनाको आवश्यकतालाई अनिवार्य सम्झिन्छ ?
पुँजीपति र सत्ताधारीको जुन स्वतन्त्रतालाई तपाईको ख्याल छ त्यो स्वतन्त्रता होइन स्वैरिता हो । उसको सोचाई असङ्ख्य व्यक्तिको स्वतन्त्रतालाई सत्यानाशमा राखेको छ । जस्तो सम्बन्ध पुरै घड़ीसंग उसको पार्ट पुजीको छ त्यस्तै नै सम्बन्ध व्यक्तिको समाजको साथ या छ । व्यक्तिको लागी स्वतन्त्रता चाहिन्छ तर त्यो स्वतन्त्रता दोस्रो व्यक्तिको स्वतन्त्रतामा बाधा पुऱ्याउने खालको हुनु हुदैन । सबै किसिमबाट थाहा हुन्छ कि जसको स्वतन्त्रता बहुसंख्यक मानिसको स्वतन्त्रताको बाधक छ उसलाई छोडेर बाँकी सबै मानिसको लागी साम्यवाद धेरै अधिक स्वतन्त्रता दिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।