३ जेष्ठ २०८१, बिहीबार

नेकपा मनहरी गाउँपालिकाले आत्मनिर्भर पालिका बनाउन सामुहिक उत्पादन गर्ने

0

मनहरी । नेपाल कम्युनिस्ट पार्टी दक्षिण-पूर्व मनहरी गाउँपालिकाको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीले लिएको आवधिक योजना पूरा गर्न गराउन पालिकाको बैठक बसेको हो ।

मनहरी-३ पालदमारमा बसेको बैठकले आगामी दिनमा वडाको भेला तथा सम्मेलन गर्ने र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय लिएको छ । त्यस्तै पालिकाको सम्मेलनको तयारी गर्ने निर्णय पनि लिएको छ । आत्मनिर्भर पालिका बनाउन आगामी दिनमा पालिकाले ५ कट्ठा जमिनमा सामुहिक उत्पादन गर्ने निर्णय समेत गरेको छ ।

बुधबार बसेको बैठकमा नेकपा दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा दक्षिण-पूर्व मनहरीका सेक्रेटरी रमेश सीको अध्यक्षतामा बसेको बैठकको सन्चालन पालिकाका इन्चार्ज रामहरी सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।