३ आश्विन २०८१, बिहीबार

सामाजिक तथा राजनीतिक विकृति विसंगतिको अन्त्य गर्न स्कुलिङ चलाइएको हो : एटम सी

0

मनहरी: नेकपा नारायणी व्युरोको स्कुलिङ कार्यक्रम सन्चालन गरेको ठाउँ मनहरी-३, पालदमारका स्थानीयबासिको भेलामा बोल्दै नेकपा पाेलिट ब्युरो सदस्य एटम सीले देशमा सिर्जित सामाजिक तथा राजनीतिक विकृति विसंगतिको अन्त्य गर्न स्कुलिङ चलाइएको बताए । ६ दिने स्कुलिङ कार्यक्रमको कारण स्थानीय जनतामा परेको प्रभावबारे बुझ्न र छरिएर रहेका जनशक्तिलाई संगठित शक्तिमा बदल्ने उद्देश्यले नेकपा दक्षिण-पूर्व मकवानपुरले उक्त जनभेला गरेको हो ।

स्थानीयले आ-आफ्नो बुझाई राख्दै नेकपाले आयोजना गरेको स्कुलिङ कार्यक्रम समय सान्दर्भिक र प्रभावकारी भएको बताए । त्यस्तै सैद्धान्तिक रुपमा भएको स्कुलिङ व्यवहारिकतामा परिणत गर्दै जनकार्यमा जुट्नुपर्ने मत समेत स्थानीयले राखेका छन् ।

स्थानीय भेला कार्यक्रममा बोल्दै पार्टीका पिबिएम तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एटम सीले देशमा सिर्जित सामाजिक तथा राजनीतिक विकृति विसंगतिको अन्त्य गर्ने उद्देश्यले चलाइएको स्कुलिङ कार्यक्रममा विविध तरिकाले साथ, सहयोग र योगदान गरेकोमा स्थानीयबासिलाई विशेष धन्यवाद दिएका छन् । विदेशी हस्तक्षेप, नेतृत्व पंक्तिको दलालीकरण र निरुत्साहित राष्ट्रिय उद्योग व्यवसायीको कारण देशमा चरम संकट पैदा भएको र जनताले उन्मुक्ति दिने उन्नत व्यवस्थाको खोजी गरिरहेको उनले बताए । त्यस्तै अहिले राज्यव्यवस्था र यसका सन्चालककर्ता धकेल्नुपर्ने ठेलागाडा जस्तै भएकोले हाम्रो देशलाई आत्मनिर्भर बनाउँदै समाजवादतर्फ उन्मुख गराउन हामी आफै लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सीले पनि कार्यक्रम सफल पार्न साथ दिने सबै स्थानीयलाई धन्यवाद दिँदै पालदमार टोल विकास र संरक्षणका लागि संघर्ष समिति बनाएर अघि बढ्नुपर्ने र त्यसमा पार्टीले आवश्यक साथ दिने बताए । पार्टीको तागत र स्थानीय जनताको एकतामा आँटेको सबै काम पूरा हुने उनले बताए ।

कार्यक्रमकै बिचमा शान्ति सीको नेतृत्वमा ११ सदस्यीय पालदमार टोल संघर्ष समिति गठन भएको छ । त्यस्तै नानीबाबु सीको नेतृत्वमा ९ सदस्यीय पालदमार सेल समिति, बाबू सीको नेतृत्वमा ५ सदस्यीय युवा समिति र सोनु सीको नेतृत्वमा ७ सदस्यीय महिला समिति गठन भएको छ । संघर्ष समितिले पालदमार टोल विकास र संरक्षणका लागि वडा तथा गाउँपालिकामा बजेट माग गर्ने निर्णय समेत गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।