३ आश्विन २०८१, बिहीबार

अखिल (समाजवादी) मकवानपुरको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

0

मकवानपुर । अखिल (समाजवादी) मकवानपुरको तेश्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । बैठकले ६ महिने आवाधिक योजनालाई निरन्तरता दिँदै संगठनात्मक अभियानलाई जोड दिने निर्णय गरेको छ ।

हेटौंडामा बसेको बैठकले पार्टीले लिएको आवाधिक योजनालाई टेवा पुग्नेगरी अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले सम्झना बुलुन(सी) लाई जिल्ला समितिमा थप गरिएको छ । त्यसैगरी शिक्षालय सुधार र शैक्षिक गुणस्तर वृद्धि गराउनका लागि आवश्यक कार्यक्रम सन्चालन गर्ने भएको छ ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता, अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन विभागका सह इन्चार्ज विवेक सी र केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज सुर्य सीको आतिथ्यता रहेको छ ।

जिल्ला अध्यक्ष सुवास सीको अध्यक्षतामा बसेको बैठकलाई प्रमुख अतिथि राम सी र अतिथि सुर्य सीले प्रशिक्षित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।