३ आश्विन २०८१, बिहीबार

मेडिकल विश्वविद्यालय विधेयक पारित नगरे सडक आन्दोलन गर्ने नेकपाको चेतावनी

0

धनगढी/ नेपाल कम्युनिष्ट पार्टी कैलालीले गेटामा अविलम्ब तीन सय शैयाको अस्पताल सञ्चालन गर्न माग गरेको छ।मङ्गलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ६०० शैयाको अस्पतालका निम्ति बनेका भौतिक संरचनामा ५० शैयाको अस्पताल सञ्चालन गर्नु स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुन नदिने षडयन्त्रका रूपमा आफ्नो पार्टीले बुझेको बताउँदै संसदको चालु अधिवेशनबाट पारित नगरे सडक संघर्ष गर्ने चेतावनी दिएको छ । देशभर २५ वटा मेडिकल कलेज र प्रतिष्ठानमा चिकित्साशास्त्र अध्यापन सुरू भईसक्दा पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज नहुनु केन्द्रीय सत्ताको हेपाहा र विभेदपुर्ण दृष्टिकोण रहेको पार्टीको ठहर रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, नेपाल सरकारको २०७९ माघ २९ गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिसकेको, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाको शिक्षा ,स्वास्थ्य तथा सुचना प्रविधि समितिमा रोकिरहेको भन्दै अविलम्ब प्रतिनिधिसभाबाट विधेयक पारित गर्न माग समेत गरेको छ ।

सुदूरपश्चिमका जनताले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वस्फुर्त रूपमा नागरिकस्तरबाट आन्दोलन गरिरहेको उल्लेख गर्दै जनताको आन्दोलनमा आफ्नो पार्टीको साथ सहयोग रहने जनाएको छ। विश्वविद्यालयलाई चुनावी एजेण्डा र भोटबैङ्कका रूपमा प्रयोग नगर्न संसदीय राजनीतिक दलहरूलाई खबरदारीसमेत छ । पार्टीले चिकित्साशास्त्र अध्ययनका लागि कम्तिमा ३०० शैयाको अस्पताल र विधेयक तत्काल पारित गर्न माग गर्दै यसको बेवास्ता गरिए सडक संघर्ष गर्ने चेतावनीसमेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।