१० मंसिर २०८१, सोमबार

आर्थिक सङ्कटको मुख्य निदान- आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता : विज्ञहरु

0

धनगढी /नेपाल कम्युनिस्ट पार्टीले देशको आर्थिक सङ्कट, भ्रष्टाचार ,मुद्रास्फिति, चर्को व्याजदर , मिटरव्याज, लघुवित्तको समस्या लगाएत अर्थव्यवस्थाको विषयमा अर्थविद र सरोकारवालाहरुबिच अन्तर्कृया सम्पन्न गरेको छ।        फाल्गुन १९ गते धनगढीमा भएको सो कार्यक्रममा अनिल शर्माद्वारा तयार पारिएको” नेपालको आर्थिक ,राजनीतिक सङ्कट र निदान विषयक” गोष्टी सम्पन्न सम्पन्न भएको छ। सो अवधारणा – पत्रमा कैलाली उद्योग वार्णिज्य संघका महासचिव होम बिष्टले नेपाल रास्ट्र बैंकले मुठ्ठीभर एकाधिकारवालाको स्वार्थमा सरोकारवालाहरुसङ्ग सहकार्य नगरी मौद्रिक नीतिमा परिवर्तन गरेकोले आफुहरु आन्दोलनरत रहेको बताए।

सरकार नीजि क्षेत्रप्रति सकारात्मक नरहेको गुनासो पनि थियो उद्यमी बिस्टको । उनले सरकारी सम्यन्त्रमा कमिशनतन्त्रको वोलवाला रहेको आरोप लगाए । बिष्टले कार्यक्रम महत्त्वपूर्ण र समसामयिक रहेको पनि बताए।

कार्यक्रमका अर्का वक्ता थिए विरबहादुर जेठारा । समाजमा आलोचनात्मक चेत कमजोर रहेको र विषय भन्दा गुटगत धारणा हाबी रहेको उनले बताए । कसको होइन? के विषयमा ? भनेर सोच्नुपर्ने जेठाराले सुझाए।

उनले अवधारणा – पत्रलाई देश चियाउने आँखी झ्याल भएको बताए । देशमा संविधान छ तर संविधानवाद छैन । संविधानमा मौलिक हक छ तर सरकारले लागु गरेको छैन । सरकारले नै संविधान कुल्चेर हिडेको छ । कसले लागु गर्ने त? उनको प्रश्न थियो । देश परतन्त्र भइरहेको बेला आधारपत्रले उठाएको विषय `वर्निङ ईस्यु´भएको उनको धारणा थियो ।

कार्यक्रमका अर्का टिप्पणीकार थिए; शिक्षण पेशामा संलग्न विद्वान मोहन भट्ट । त्यसैगरी सह- प्राध्यापक अम्विकेश्वरकेशर प्रसाद जोशी अर्का टिप्पणीकार थिए । पटकपटक राजनीतिक परिवर्तन भएपनि सामन्तवाद यथावत रहेको, आफैभित्र सामन्तवाद रहेकोले समस्या आएको जोशीले बताए । शिक्षण संस्थाहरु जनताको गोजी लुट्ने र बेरोजगार उत्पादन गर्ने कारखाना भएको गुनासो गरे । वि. स. २०३७ मा प्रकाशचन्द लोहनीबाट शुरु भएको र २०४६ बाट पूर्ण कार्यान्वयनमा आएको उदारीकरण , बजारीकरण र भुमण्डलीकरण नै वर्तमान संकटको कारण भएको निष्कर्ष जोशीको थियो।

कार्यक्रमका अर्का टिप्पणीकार इन्जिनियर शिवहरी मुड्भरीले पञ्जावका राजा रणोदिप सिंहले अङ्ग्रेजसङ्ग लड्न सैनिक सहयोग मागेको र चित्लाङ्को तामा कलकत्तामा भारतको भन्दा गुणस्तरीय भएकोले महङ्गोमा बिक्रि हुने यो देशलाई कसले वर्वाद गर्यो? पेचिलो प्रश्न गरेका थिए।

१९०९ मा जङ्ग बहादुर बेलायत भ्रमणबाट फर्किए पछि बेलायती मलमल कपडा र विलासिताका सामान ल्याए।त्यो बढ्दै गयो र आयात गर्ने स्वदेशी उत्पादन निरुत्साहित गर्न थाले।आयात बढाएर, भन्सार शुल्क बढाएर मस्ती गरे।त्यहि प्रचलनको निरन्तरता आज पनि रहेको उनको दावी थियो।

देशप्रेम र इच्छाशक्ति नहुनु मुख्य समस्या भएको मुड्भरीको दाबि थियो।उनले कृषि को आधुनिकीकरण र औद्योगिकीकरण नगरेसम्म आर्थिक सूचकहरु सकारात्मक नहुने दाबि पनि गरे।प्रधानमन्त्री रोजगार आयोजना भनेर १६ अर्ब रकम कनीका छरेझै गरेर सकियो।त्यो रकम उत्पादन क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्थ्यो उनले भने।

अवधारणा-पत्रमाथि टिप्पणी गर्दै कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक डा राजेन्द्रवीर चन्दले
अवधारणा- पत्रमा उल्लेख गरिएका बिश्लेसण र बित्तीय संस्थाको चर्को ब्याजदरबारे उठान गरिएका बिषयहरु बस्तुपरक छन। आर्थिक संकट/ वित्तीय संकटको जहाँसम्म कुरा छ त्यो पञ्चायतकालमा प्रकाशचन्द लोहनी अर्थमन्त्री हुँदै गर्दा देशमा उत्पन्न संकटलाई हल गर्न बिश्व बैंकलाई गुहारिएको थियो। त्यो बेला देखि नै बित्तीय प्रणाली सुधार गर्न भन्दै उदारीकरण गरियो र नेपालको अहिलेको संकट त्यसकै परिणाम भएको उल्लेख गरे।

त्यसैगरि सुदुरपश्चिम प्रदेश , प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्टले ब्यबहारिक बिषय उठान गरेकोमा आयोजकलाई धन्यवाद सहित आर्थिक सवलिकरणको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।