६ बैशाख २०८१, बिहीबार

वैद्य निकट विद्यार्थी नेता रसाइली अखिल क्रान्तिकारीमा समाहित

0

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता विकास रसाइली अखिल (क्रान्तिकारी) मा ध्रुवीकृत भएका छन् ।

नेकपा क्रान्तिकारी माओबादी निकट अखिल क्रान्तिकारीका चितवन जिल्ला संयोजक रसाईली शुक्रबार नेकपा निकट अखिल (क्रान्तिकारी) मा ध्रुवीकृत भएका हुन् ।

उनी विगत लामो समयदेखि विद्यार्थी नेताका रूपमा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका चितवन जिल्ला समिति संयोजकका रूपमा काम गर्दै आएका थिए । पार्टी नेतृत्वप्रतिको असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफू रहेको पार्टीबाट र पार्टी सङ्गठनले दिएको जिम्मेवारीबाट मुक्त भएको खुलाएका छन् ।

साथै विद्यार्थी नेता रसाइलीले अब नयाँ तरिकाबाट र वैज्ञानिक तवरले आन्दोलनलाई आगाडि लैजान सक्नु आजको मुख्य आवश्यकता भएको र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने भएकोले आफू अखिल (क्रान्तिकारी) मा ध्रुवीकृत भएको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।