१२ श्रावण २०८१, शनिबार

अल्पायुमै भएको प्रेमा कुमारीको निधनप्रति नेकपाको श्रद्धाञ्जली

0

प्यूठान/ वर्षाको कारण समयमै एम्वुलेन्स नपुग्दा माण्डवी १ तिमिलेमा सुत्केरी प्रेमा कुमारी थापा मगरको निधनप्रति नेकपा प्यूठानले श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा प्यूठानका निवर्तमान सेक्रेटरी तथा अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का केन्द्रिय कार्यालय सदस्य रण बहादुर थापा ( केशव सी ) को माइली बुहारी प्रेमा कुमारी थापाको आज १३ औं दिनको पुण्यतिथिमा परिवारद्धारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा पोलिटब्युरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सी ले सम्वोधन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सुत्केरी व्यथा लागेको प्रेमाले अविरल वर्षा र हिलाम्य बाटोको कारण समयमै एम्वुलेन्स नपुग्दा २४ गते बिहान करिव ७ बजे जिल्ला अस्पताल बिजुवार लैजादै गर्दा बाटो मै ज्यान गुमाउनु परेको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।

३० वर्षको अल्पायुमै प्रेमाले ज्यान गुमाएकी थिइन् । उनको नाममा नेपाल कम्यूनिष्ट पार्टी र परिवारले अक्षयकोष निर्माण गर्ने भएको छ । अक्षकोषमा नेकपा पश्चिम लुम्विनी व्यूरोले ७ हजार , जिल्ला पार्टीले ५ हजार र माण्डवी १ का वडा अध्यक्ष बाम बहादुर बुढा मगरले ५ हजार रकम जम्मा गर्ने घोषणा गरेको परिवारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।