२० चैत्र २०८१, बुधबार

पश्चगमन र यथास्थिति अहिलेको समाधान होइन : विप्लव सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन् । पार्टीको पोलिट ब्युरो बैठकलाई सम्बोधन गर्दै विप्लवले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याहरुको समाधान भएको बताएका हुन् ।

काठमाडौँमा आज दिउँसोदेखि सुरु भएको बैठकमा विप्लवले बैठकको अध्यक्षता गर्दै नेपाली जनता अग्रगमनको पक्षमा रहेको बताएका हुन् । नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरु सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिट ब्युरोको आकस्मिक बैठक बसेको हो ।

बैठकमा राजावादीहरुको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुवीकरणबाट आएका नेताहरुको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा, गोष्ठी गर्ने स्थान र मिति तय गरिने साथै संघर्षका कार्यक्रमहरुबारे निर्णय गर्ने नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।बैठक भोलिसम्म चल्ने छ ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।