१५ बैशाख २०८१, शनिबार

नेपालको सम्पूर्ण राज्यसंरचना दलाल पुँजीवादको मुठ्ठीमा छ : माइला सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज माइला सीले नेपालको सम्पूर्ण संरचना दलाल पूजीवादको मुठ्ठीमा रहेको बताएका छन् ।

बुधबार काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित चन्द्रागिरी पार्टी प्यालेसमा नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिद्वारा आयोजित ‘वर्तमान राजनीतिक संकट र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले नेपालको सम्पूर्ण संरचना दलाल पुँजीवादको मुठ्ठीमा रहेको बताएका हुन् ।

उनले नेपालाको राज्य संरचना लगायत सम्पूर्ण अर्थतन्त्रलाइ दलाल पुँजीवादले आफ्नो कब्जामा लिएर नेपाललाई परनिर्भर बनाएको बताए।

उनले भने,’नेपाललाई सम्बृद्ध हुन नदिन प्रमुख भूमिका दलाल पुँजीवादले खेलेरहेको छ, दलाल पुँजीवादले नेपालको सम्पूर्ण अर्थतन्त्र, आर्थिक क्षेत्र सामाजिक क्षेत्र र राजनीतिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाएर देशको सम्पूर्ण पुँजीमा एकाधिकार जमाउदै पुँजी पलायन गर्ने र यहाँ भएका उद्योग कल- कारखानालाई बन्द हुने स्थितिमा पुर्याएको छ। पुँजीवादले देशको सम्पूर्ण अर्थ बैंकमा फ्रीज गरेर राखेको छ, नत यसले कुनै उत्पादन मुलक क्षेत्रमा लगानी गर्छ नत उद्योग कलकारखानामा लगानी गर्छ, यसरि देशलाई टाट पल्टाउदै नेपालको पुँजी पलायन गर्न उद्दत छ र देशका लाखौँ युवा पलायन हुँदैछन् ।’

लगानी गरेकाहरुको पनि आयातित सामानको प्रभावका कारण आफुले उत्पादन गरेको वस्तुले बजार नपाएर रिनमा चुर्लुम्मै डुबेर आत्माहत्या गर्ने स्थिति बनेको छ। एनसेल जस्ता दलाल कम्पनीहरुले देशको पुँजी पलायन गर्दासम्म पनि सरकार चुक्क गर्न सक्दैन केही वर्षमै सरकारी स्वामित्वमा आउने एनसेल कम्पनीले अर्वौको शेयर बिक्रि गर्दासम्म सरकार बेखवर छ यो सब हुनुमा दलाल पुँजीवादकै प्रभाव भएको उनको ठोकुवा थियो ।

पुँजीवादकै कारण लघुवित्त फाइनान्स,लगाएतका कम्पनीहरुले ब्याजको स्याज स्याजको ब्याज गरेर लगातार तिर्न ताकेता गर्दै सम्पूर्ण सम्पती जफत गरि घरबार बिहिन बनाएपछि जनताहरु आत्माहत्या गर्न बाध्य छन् सम्पूर्णको कारक दलाल पुजिवाद हो, ‘उनले भने ।’

अहिलेको गणतन्त्र पुँजीवादी गणतन्त्र भएको बताउदै उनले अहिलेको गणतन्त्रमा इमानदार राष्ट्रिय पुँजीपतिको भबिष्य नहुने र उत्पादन प्रवर्धन हुननसक्ने जिकिर गरे।’

वर्तमान व्यवस्थाले निम्त्याएको संकटको समाधान भनेको समाजवाद हो त्यो पनि नेपाली विशेषता को समाजवाद हो, यसका लागि देशलाई माया गर्ने सम्पूर्ण देशभक्त बुद्धिजीवी राजनीतिक दल, लोकतन्त्रवादी क्रान्तिकारी कम्युनिस्ट, एकैठाउँमा उभिएर दलाल पुँजीवाद र साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गर्ने बेला आएको बताए।

काठमाडौँ जिल्ला नम्बर ३ का इञ्चार्ज धनराज सीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका विषयमाथि केन्द्रित रहेर विभिन्न पार्टी तथा सामाजिक व्यक्तित्वहरुले आफ्नो धारणा राखेका थिए।

अहिलेको समस्याको समाधान भनेको दलाल पुजिवाद्कको अन्त्य नै भएको सम्पूर्ण वक्ताहरुको धारणा थियो। हिरा सी द्वारा संचालित कार्यक्रमका बिभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको इन्चार्ज धनराज सीले बताए।पार्टी प्रवेश गर्नेहरुमा राज श्रेष्ठ,समिर तामाङ्ग,सागर तामाङ्ग,सुरज पाण्डे, सुरेन्द्र राइ,इन्द्र लामा, सुशिल श्रेष्ठ लगाएत देजन बढी रहेका थिए। अन्तरक्रिया कार्यक्रमा नेकपा माओवादी केन्द्रबाट गणेश कुंवर,नेकपा एमालेको तर्फबाट हरिभक्त महर्जन,बेपत्ता परिवारको तर्फबाट रमेश रुपाखेती,बुद्धिजिवीबाट राम पौडेल, सांस्कृतिक कर्मी श्री कृष्ण भारती समाजसेवीको तर्फबाट विरवल थापा र व्यवसायीको तर्फबाट अशोक बुढाथोकीले प्रतिनिधित्वसहित आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दल, बुद्धिजीवी नेपाल प्रहरीका पुर्व अधिकृत जनप्रतिनिधी लगाएत सयौको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।