२५ बैशाख २०८१, मंगलवार

रुसी सेनामा भर्ति भएका दाङका युवाले विप्लवलाई भने ‘बाध्यताले रोजगारीका लागि रुस पुगेपनि आसा नेकपाको छ’

0

 दाङ । रोजगारीको लागि रुसी सेनामा भर्ति भएका अधिकाँस युवाहरुले नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिलाई सम्झिने गरेका छन ।  उनीहरुले बाध्यताले रोजगारी गर्न जीवन जोखिममा राखेर रुसी सेनामा भर्ति भएपनि मन मुटु नेपालमा रहेको र युवाहरुको लागि केही गर्न सक्ने आसा भएको पार्टी नेकपासंग रहेको बताउने गरेका छन ।

रोजगारीको शिलशिलामा रुसी सेनामा भर्ति भएका दाङका नेपाली युवा भिमले आफु विदेश भएपनि दुख तथा कहालिलाग्दो विदेशको अवस्थाले नेपाल कम्युनिष्ट पार्टीलाई सम्झिरहने गरेको बताएका छन ।

उनले एक भिडियो सन्देश सार्बजनिक गर्दै बाध्यताले टाढा भएपनि आफ्नो मन र मुटु नेपाल कम्युनिस्ट पार्टीसंग रहेको खुलासा गरेका हुन ।
दाङको घोराही निवासी युवा भिम सीले रोजगारीको शिलशिलमा आफू रुस पुगेपनि पार्टीप्रति अगाध बिश्वास रहेको बताएका छन । उनी नेपाल हुदा नेकपाको नगर कमिटीमा रहेर काम समेत गरेका थिए ।

उनले भिडियो सन्देशमा नेकपा श्रमजीवी वर्गसंगै आफ्नो लागि प्यारो पार्टी भएको बताउदै जनप्रिय पार्टी नेकपालाई रुसबाट न्यानो माया र सलाम भनेका छन ।

उनले भिडियो मार्फत धेरै नसकेपनि पार्टीको नाममा ५ हजार रुपैयाँ सहयोग गरेको र सो रकम पार्टीलाई हस्तान्तरण गरिदिन अनुरोध गरेका छन् ।

युवा भिमले भनेका छन ‘मैले एकदमै नेपालका दिनहरु सम्झिरहेको छु, सबैलाई एकदमै भित्रि आत्मादेखि सम्झिराको छु । म जहाँ जता भएपनि टाढा भएपनि मेरो मन मुटु सबै त्यही मेरो पार्टीमै छ । मेरो पार्टी , साथी , घरपरिवार सबैमा मेरो तनमन सबैमा छ ।’

उनले जे जस्तो भएपनि नेकपा अगाडि बढेको र राम्रो काम गरेको हेर्न चाहेको बताएका छन । उनले आफू नेपाल फर्केपछि नेकपामा ः जोडिएर काम गर्ने प्रतिवद्धता जनाएका छन ।

उनले भनेका छन ‘यति भन्दै मेरो छोटो समय छ, यहाँ ड्युटी जादैछु , सबैलाई मैले भित्रि आत्मादेखि सम्झिरहेको छु । यही मेरो कामना छ , सबैलाई सलाम है त ल ।’

नेकपा पूर्वी दाङका जिल्ला कमिटी सदस्य एवम युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सीले संसारभरी छरिएर रहेका नेपालीहरुले विप्लवलाई नै आशाको रुपमा देखेकाले रुसबाट पनि नेकपालाई सम्झिएको बताए ।

नेपालमा दलाल पुँजीवादी सत्ताको कारणले बाध्यताबस बिदेशी भूमिमा सस्तो श्रममा बेचिरहेका युवाहरुले एउटा मात्रै आशाको किरणको रुपमा विप्लवलाई सम्झिने गरेका हुन ।

युवाहरुले नेपालमा नेकपाको पहलमा समाजवादी सत्ता आउनेमा आसा गरेका छन । तर नेकपाले भने विदेशीएका युवाहरुलाई स्वदेशमै पसिना बगाउन र दलाल व्यवस्थाको अन्त्य गर्ने अभियानमा लाग्न अपिल गरिरहेको छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।