६ जेष्ठ २०८१, आईतवार

राजबन्दी रोहितलाई नेकपा महासचिव विप्लवद्वारा सम्मान 

0

कञ्चनपुर: राजनैतिक मुद्दामा झण्डै ४ वर्ष बढी जेल जीवन बिताएका नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका नेतालाई सम्मान गरिएको छ । राजबन्दीका रुपमा विगत ०७६ सालदेखि ०८० सम्म कैलाली कारागारमा जेल जीवन बिताएर रोहित सेराला राजबन्दीलाई सम्मान गरिएको हो । 

नेकपामाथि प्रतिबन्ध रहेका बेला राजनीतिक संघर्षका क्रमममा विस्पोटका घटनामा परेर घाइतेसमेत भएका रोहित विरुद्धमा सरकारले मुद्दा चलाएको थियो । तत्त्कालिन केपी शर्मा ओली सरकार नेकपाबिच भएको तीन बुँदे सहमति अनुरुप माघ पहिलो साता जेलमुक्त भएका रोहितलाई नेकपाले पार्टी केन्द्रीय कार्यालयमा स्वागत एवम सम्मान गरेको हो । 

नेकपा महासचिव विप्लवले रोहितलाई मंगलबार एक कार्यक्रमकाबिच पुष्पगुच्छाले सम्मान गरेको जनाइएको छ । विप्लवले रोहितलाई सम्मान गर्दै पार्टीको कामकाजमा खटिन आव्हान गरेका छन् । 

पूर्व जनमुक्ति सेनाका कमाण्डरसमेत रहेका रोहित इमान्दारितापूर्वक पार्टीको कामकाज संघर्षमा खटिदै आएको भन्दै विप्लवसहितका नेता कार्यकर्ताहरुले उनको प्रसंशा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।