६ जेष्ठ २०८१, आईतवार

संसदीय व्यवस्थाले राजनीतिक संकट ल्यायोः कलम सी

0

दैलेख । नेपाल कम्युनष्टि पार्टीका केन्द्रीय सदस्य कलम सीले संसदीय व्यवस्थाले अहिलेको राजनीतिक संकट लयाएको बताएका छन ।

जिल्लाामा ‘सङगठन सुदृढ तथा विस्तार गरौँ, राज्य षडयन्त्रको भन्डाफोर गरौ’ भन्ने मुल नारा सहित संचालन गरिएको दुई महिने अभियान अन्तरगत बुधवार भैरवी गाउँपालिकामा कार्यरत कर्मचारीहरुसंंगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन ।

नेकपका जिल्ला इन्चार्ज समेत रहेका कलमले राजनीतिक संकटको एकमात्र निकास नेपाली विशेषताको समाजवाद भएको जिकिर गरे ।
विगतमा आफ्नो पार्टीले व्यवस्थाको विरोध गर्दा प्रतिवन्ध लगाईएको बताए ।

उनले वर्तमान संकट वारे पार्टीको विश्लेषण सही सावित भएको बताए । नेता कलमले सत्तासीन पार्टीहरुले व्यवस्था खतरामा पारेको बताउदै एमसीसी मार्फत अमेरिकाले नेपाललाई गुलाम वनाउन खोजेको बताए ।

कम्युनिस्टहरु सिध्याउने र चीनलाई घेर्ने उद्देश्य राखेकाले अमेरिका देशको स्वाधीनताथि गम्भीर खतरा भएको बताए ।

उनले पार्टीको झन्डा मात्र वोक्ने भन्दा राष्ट्रिय झन्डा वोक्न तयार हुनुपर्ने वेला आएको पनि बताए । कार्यक्रमको सञ्चालन नेकपा दैलेखका सेक्रेटरी प्रकाश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।