८ पुष २०८१, सोमबार

धादिङमा उदेश सीको नेतृत्वमा २९ सदस्यीय अखिल (क्रान्तिकारी)को जिल्ला समिति निर्वाचित

0

धादिङबेसी । अखिल (क्रान्तिकारी) जिल्ला समिति धादिङको २४ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै बुधवार सम्पन्न भएको छ ।

सदरमुकाम धादिङबेसीमा सम्पन्न सम्मेलनको बन्दसत्रले उदेश सीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

सम्मेलनको सम्बोधन सहित नवनिर्वाति समितिलाई वधाई दिदै नेकपाका पोलिट व्यूरो सदस्य आजाद सीले देश निमार्ण गर्ने प्रमुख दायित्व नेकपाको काँधमा आएको बताए । उनले त्यो जिम्मेवारी अग्रमोर्चामा रहेर पुरा गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

नवनिर्वाचित जिल्ला कार्यसमितिलाई संगठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका बागमती कमाण्ड इन्चार्ज मदन सीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

बागमती कमाण्ड इन्चार्ज मदन सीले आफ्नो संगठनले अन्य संगठनको तुलनामा विद्यार्थीका मुद्धा बलियो रुपमा उठाएको दाबी गर्दै केन्द्रीय समितिको गति अनुसार नै जिल्ला समितिलाई पनि अघि बढ्न निर्देशन दिए ।

सम्मेलनमा नेकपाका केन्द्रीय प्रतिनिधिसमेत रहेका धादिङ जिल्ला सेक्रेटरी, पार्टीको पश्चिम ताम्सालिंङ व्यूरोका आर्थिक विभाग प्रमुख सिर्जन सी, (अखिल क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम पश्चिम ताम्सालिंङ व्यूरो इन्चार्ज मेगेन्द्र सी, संगठनका केन्द्रीय सदस्य रोजी सी, सविन सी पार्टीका धादिङ जिल्ला समिति सदस्य धनबहादुर सी र पश्चिम ताम्सालिंङ व्यूरो सदस्य सुनिता सी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।